Advertisement
ताजा खबर
धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा

☰

त्रेतायुगिन झझल्को दिने जनकपुरधामको परिकल्पना गरौ मुख्यमन्त्री राउत

प्रतिक्षा खबर
२०७६ फाल्गुन २०, मंगलवार १७:३८

अातिश मिश्रा
जनकपुरधाम, फागुन २० । मुख्यमन्त्री लालबाबु राउतले अगामी २० वर्षमा त्रेतायुगिन झझल्को दिने जनकपुरधामको परिकल्पना गर्नु पर्ने बताउनु भएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाले आयोजना गरेको ‘जनकपुरधाम २०४०’ दुरगामी सोच निर्धारण तथा समावेशी आर्थिक विकास योजना तर्जुमा सम्बन्धि कार्यशाला गोष्ठीको समुदघाटन सत्रमा मुख्यमन्त्री राउतले धार्मिक एतिहासिक महत्व बोकेको जनकपुरधामलाई त्यसै अनुरुप विकास गर्नु पर्ने बताउनु भयो ।
उहाँले प्रदेश नं. २को स्थायी राजधानी हुने प्रायः निश्चित रहेको जनकपुरधामको दिर्घकालिन विकासको योजना बनाउदा जनकपुरधामको एतिहासिक साँस्कृतिक महत्व र राजधानीको आवश्यकतालाई ध्यानमा राख्न सुझाव समेत दिनु भयो ।
मुख्यमन्त्री राउतले जनकपुरमा भई रहेको अनियन्त्रित बस्ती विकासलाई रोक्दै नगर क्षेत्र भित्र शिक्षा, स्वास्थ्य र व्यापारिक केन्द्रहरुको लागि स्पेशल जोन सहितको अवधारणा ल्याउनु आवश्यक रहेको उल्लेख गर्नु भयो ।
जनकपुरधाम उपमहानगरले २० वर्ष पछिको जनकपुरको परिकल्पना सहित ल्याउने गुरुयोजनामा तीनै तहको सरकारले गर्नु पर्ने काम बारे स्पष्ट व्यवस्था गर्न सुझाव दिनु हुँदै मुख्यमन्त्री राउतले प्रदेश सरकारले गर्नु पर्ने कार्यमा प्रदेश सरकार प्रतिवद्ध रहने उल्लेख गर्नु भयो ।
नगर प्रमुख लाल किशोर साहको अध्यक्षतामा भएको उदघाटन सत्रमा उपमेयर रिता मिश्रले स्वागत मन्तव्य राख्नु भएको थियो भने सुदृढ परियोजनाको नीति सल्लाहकार कृष्ण ज्ञवालीले कार्यशालाको उद्देश्य बारे प्रकाश पार्नु भएको थियो ।
दुई दिने उक्त कार्यशालामा उपमहानगरपालिकाका पदाधिकारीहरु, नागरिक समाजका प्रतिनिधि , विज्ञ सहितको उपस्थिति रहेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर