Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

रञ्जिताले खोजिन् सीके बराबरको हैसियत

प्रतिक्षा खबर
२०८१ चैत्र २७, बुधबार २०:००

काठमाडौँ । डा. सीके राउत अध्यक्ष रहेको जनमत पार्टी र रेसम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीको एकता अन्तिम चरणमा रहेको बेला नेतृत्वका लागि विवाद उत्पन्न भएको छ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले एकीकृत पार्टीमा सीके राउत बराबरको हैसियत माग गरेपछि विवाद उत्पन्न भएको हो ।

एकीकृत पार्टीको अध्यक्ष राउत रहने र सहअध्यक्ष श्रेष्ठलाई राख्ने सहमति भएको कुरा बाहिर आएपछि उनी सहमत देखिएकी छैनन् । पार्टीको पहिलो वरीयतामा संरक्षकको रूपमा रेसम चौधरी रहनेछन् भने दोस्रो वरीयतामा अध्यक्ष सीके राउत रहने छन् । सीके राउतको अध्यक्ष पद कार्यकारी हुनेछ । तेस्रो वरीयतामा रञ्जिता श्रेष्ठलाई राखिएको छ ।

तर रञ्जिता श्रेष्ठले आफू पार्टीको अध्यक्ष भएको र दुई पार्टी बिच एकता भएको कारण आफू पनि अध्यक्षमै रहने दाबी पार्टीमा गरेकी छिन् । यद्यपि उनलाई सम्झाउने प्रयास भइरहेको छ ।

पार्टी एकताको बारेमा टुंगो लगाउन जनमत पार्टीका अध्यक्ष राउत आफ्ना पार्टीका केही नेताहरूलाई साथमा लिएर टिकापुर कैलाली नै पुगेका थिए । त्यहाँ श्रेष्ठलाई पनि बोलाइएको थियो ।

रेसम चौधरीको कृषि फर्ममा प्रकृतिको आनन्द लिँदै राउत र चौधरी एकताको बारेमा गम्भीर छलफल गरेका थिए । सोही क्रममा अध्यक्ष श्रेष्ठले सो प्रस्ताव राखेको बताइएको छ ।

यस विषयमा अध्यक्ष श्रेष्ठसँग बुझ्न खोज्दा उनले पछि कुरा गरौँला भनेर फोन काटिन् ।  नागरिक उन्मुक्ति पार्टी लुम्बिनी प्रदेशका इन्चार्ज डा. सरोज चौधरीले भने पार्टीमा त्यस्तो कुनै कुरा नआएको दाबी गरे । ‘एकताको बारेमा छलफल चल्दैछ, चाँडै नै टुंगो लाग्छ,’ उनले छोटो प्रतिक्रिया दिए ।

तर, वैशाख १५ गतेभित्र एकता घोषणाको तयारी चलिरहेको बेला रञ्जिता श्रेष्ठले नयाँ लफडा सिर्जना गरेको जनमत पार्टीका नेताहरू बताउँछन् । यद्यपि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेसम चौधरी यी कुराको व्यवस्थापन गर्ने भनेको उनीहरुको जिकिर छ ।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष श्रेष्ठले अहिले सबभन्दा बढी विश्वास गर्ने व्यक्ति हुन्, नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका एकतालाई प्रधानमन्त्री ओलीले नरुचाएको जनमत पार्टीका एक पदाधिकारीको आरोप छ । अध्यक्ष श्रेष्ठले बोली फेर्नुमा पनि प्रधानमन्त्री अ‍ोलीको हात हुनसक्ने उनीहरुले आशंका व्यक्त गरे ।

जनमत पार्टीका एक नेताले भने, ‘तर रेसम चौधरी र सीके राउतले माइन्ड मेकअप गरिसकेपछि अब एकतालाई कसैको रोक्न सक्दैन ।’

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर