
जनकपुरधाम, चैत २३ । आईपीएल–१८ मा चेन्नई सुपर किंग्स लगातार तेस्रो खेलमा हार बेहोरेको छ । दिल्ली क्यापिटल्ससँग २५ रनले पराजित भएको छ । यो दिल्लीको लगातार तेस्रो जित हो ।
शनिबार भएको पहिलो खेलमा १८४ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १५८ रन मात्र बनाउन सक्यो । विजय शंकर ६९ र एमएस धोनी ३० रनमा अविजित रहे । दिल्लीका विप्रज निगमले २ विकेट लिए भने मिचेल स्टार्क, मुकेश कुमार र कुलदीप यादवले एक÷एक विकेट लिए ।
चेन्नईको एमए चिदम्बरम रंगशालामा दिल्लीले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । दिल्लीले २० ओभरमा ६ विकेट गुमाएर १८३ रन बनाएको थियो । केएल राहुलले ५१ बलमा ७७ रनको इनिङ खेले भने अभिषेक पोरेलले ३३, ट्रिस्टन स्टब्सले अविजित २४ र समीर रिजवीले २० रनको योगदान दिए । खलिल अहमदले २ विकेट लिए ।







































































































