Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

पूर्वराजाको स्वागत र्‍यालीमा योगी आदित्यनाथको फोटो बोक्ने राणा भागेर पुगे गोरखपुर

प्रतिक्षा खबर
२०८१ फाल्गुन २८, बुधबार १३:२२

काठमाडौँ । गत आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत र्‍यालीमा भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो बोकेका प्रदीपविक्रम राणा भागेर गोरखपुर पुगेका छन् ।

उनले भारतीय सञ्चारमाध्यम ‘नवभारत टाइम्स’सँग कुरा गर्दै आफूलाई नेपाल प्रहरीले खोजी गरिरहेको बताएका छन् । आफूलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएकै कारण भारतमा शरण लिनुपरेको उनको भनाइ छ ।

५८ वर्षीय राणा मंगलबार नेपालबाट भागेर उत्तर प्रदेशको गोरखपुर आइपुगेको नवभारत टाइम्सको अनलाइन संस्करणमा उल्लेख छ ।

राणालाई उद्धृत गर्दै समाचारमा भनिएको छ, ‘भारत सरकार र योगीजीसँग मिलेर नेपालको वर्तमान सरकारविरुद्ध षड्यन्त्र रचेको आरोप लगाइएको छ ।’

आइतबार पूर्वराजा ज्ञानेन्द्र पोखराबाट काठमाडौँ फर्किंदा आफू स्वागतका लागि त्रिभुवन विमानस्थलमा पुगेको राणाले बताएका छन् । उनले भनेका छन्, ‘यस क्रममा मैले राजा र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको पोस्टर एकसाथ बोकेको थिएँ । मलाई लाग्छ, जसरी योगीजी हिन्दु र हिन्दुत्वका लागि लगातार संघर्ष गर्दै आउनुभएको छ, उहाँ हामी सबैको वैश्विक नेता हो । धार्मिक मान्यता अनुसार पनि म उहाँलाई धेरै मन पराउँछु ।’

आदित्यनाथसँग भेटघाट भएको छैन

राणाले योगी आदित्यनाथसँग आफ्नो भेट कहिल्यै नभएको बताएका छन् । भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सको अनलाइन संस्करणमा राणालाई उद्धृत गर्दै भनिएको छ, ‘मैले कुनै भारतीय राजनेतासँग भेट गरेको छैन, पैसा लिनु त परको कुरा । म आफ्नो राजा ज्ञानेन्द्र शाह र योगी आदित्यनाथजीको सम्मान गर्दछु । मेरो गल्ती यत्ति हो ।’

आफू नेपाललाई हिन्दु राष्ट्र बनाइनुपर्छ भन्ने पक्षमा संघर्षरत रहेको राणाले बताएका छन् ।

‘म निकै मुस्किलले लुक्दै–भाग्दै त्यहाँबाट निस्किएँ । नेपालमा राजतन्त्र पुनर्वहाली गर्ने र फेरि नेपाललाई हिन्दु राष्ट्र बनाउने आफ्नो लडाइँ मेरो सास रहुन्जेलसम्म जारी राख्छु,’ उनले भनेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर