Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

जसपाले प्रधानमन्त्रीलाई बुझायो चार मन्त्रीको नाम

प्रतिक्षा खबर
२०७८ आश्विन २२, शुक्रबार १६:०८

२२ भदौ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले चार मन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझाएको छ । अध्यक्ष उपेन्द्र यादवले वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ, महेन्द्र राय यादव, रेणू यादव र रामसहायप्रसाद यादवको नाम बुझाएका हुन् ।
स्रोतका अनुसार राजेन्द्रले संघीय मामिला तथा सामान्य प्रशासन, महेन्द्र रायले कृषि तथा पशुपंक्षी, रेणूले भौतिक पूर्वाधार तथा यातायात र रामसहायले वन तथा वातावरण मन्त्रालय पाउनेछन् ।
जसपा कार्यकारिणी समितिले मन्त्री छनोट गर्ने जिम्मा अध्यक्ष यादव, संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई दिएको थियो । तीन नेताले मन्त्री छनोटको मापदण्ड बनाएका थिए ।
नेताहरुका अनुसार पूर्व राजपा पक्षबाट आएकाबाट महेन्द्र राय यादव, अमृता अग्रहरी र प्रमोद साह दाबेदार थिए । जसमध्ये महेन्द्र राय मन्त्री बन्ने भएका छन् । प्रदेश २ बाहिरबाट राजेन्द्र श्रेष्ठ र इतियाक राई तथा महिलाबाट रेणू यादव र अमृता अग्रहरी दाबेदार थिए । श्रेष्ठ र यादवले मन्त्री बन्ने अवसर पाएका छन् ।
सरकार र पार्टीको कामलाई जोड्न भूमिका खेल्न सक्ने मन्त्री रुपमा अध्यक्ष यादवले आफ्ना विश्वासपात्र समेत रहेका रामसहायलाई छनोट गरेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर