Advertisement
ताजा खबर
स्थानीय तहको निर्वाचन वैशाखमा, प्रदेशसभा निर्वाचन मंसिरमा गर्ने निर्वाचन आयोगको प्रस्ताव फुटपाथमै व्यवसाय गर्न पाउनुपर्ने माग गर्दै व्यापारीहरू आन्दोलनमा मधेशमा नयाँ सरकार गठन अन्योलमा, एमालेसँग सहकार्य नगर्ने जसपा नेपालको अडान रामगोपालपुरका पूर्व वडाध्यक्ष जितेन्द्रकुमार चौधरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश, पार्टी परिवर्तनले स्थानीयमा बढ्यो असन्तुष्टि मनराशिसवा नगरपालिकाका अध्यक्ष पाण्डेयसँग विकास र आगामी निर्वाचनबारे छलफल महोत्तरीको जलेश्वरस्थित महादेव मन्दिर परिसरमा अज्ञात पुरुषको शव फेला सम्सी बजारमा आज रास्वपाको बृहत् पार्टी प्रवेश कार्यक्रम हुँदै, सयौँको संख्यामा प्रवेश गर्ने दाबी मकमानपुरकाे भैँसेमा सुमो दुर्घटना, तीन जनाको मृत्यु, सात जना घाइते जनकपुरधाममा राप्रपा सांसद खुश्बु ओलीद्वारा माता जानकीको दर्शन, पूज्य बाबाहरूबाट आशीर्वाद ग्रहण

☰

योगी संगको तस्वीर डिलिट गर्दै मुख्यमन्त्री सिंहले गरे फेसवुक ‘लक’

प्रतिक्षा खबर
२०८१ चैत्र ११, सोमबार १९:३५

जनकपुरधाम, चैत ११ । कुटनीतिक मर्यादा विपरित उत्तरप्रदेशका मुख्यमन्त्री संग भेटन पुगेका मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आफनो फेसबुक बाट सो भेटका तस्विरहरु हटाएका छन ।

मधेश टुडेले चैत ८ गते ‘मुख्यमन्त्रीले पटक पटक तोडदै मर्यादा, चोरी–चोरी विदेश भ्रमण’ शिर्षकमा समाचार प्रकाशित गरे पछि १० गते मधेश प्रदेश सभामा प्रतिपक्षीदल जनता समाजवादी पार्टी नेपाल र नेकपा माओवादी केन्द्रले कुटनीतिक मर्यादाको उल्लंघन गरेको भन्दै विरोध जनाएपछि मुख्यमन्त्री सिंहले आफनो आधिकारिक फेसबुकबाट सो भेटका तस्विरहरु डिलिट गरेका छन ।

उनले तस्विर डिलिट गर्नुका साथै आफ्नो फेसबुक प्रोपाइल ‘लक्ड’ समेत गरेका छन् ।

उनले आदित्यनाथसँग भेटघाट गरेका तस्वीर आफना फेसबुकमार्फत सार्वजनिक गरेका थिए । विहीवार योगी आदित्यनाथ संगे भेटेका मुख्यमन्त्री सिंहबारेका समाचारहरु शुक्रबार विभिन्न संचारमाध्यमहरुमा प्रकाशित भएको थियो ।

संविधानअनुसार मुख्यमन्त्रीले विदेश भ्रमण गर्न सङ्घीय सरकारको स्वीकृति लिनुपर्छ । तर, प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार मधेश प्रदेशका मुख्यमन्त्रीको भारत भ्रमणबारे सङ्घीय सरकारलाई जानकारी नै छैन ।

उनले सामाजिक सञ्जालमा योगीसँग भेटेको तस्वीर राख्दै लेखेका थिए, ‘भेटमा जननी जानकीको पवित्रभूमि जनकपुरधामसँगै मधेस प्रदेशको धार्मिक, सांस्कृतिक र पर्यटकीय विकासको व्यापक सम्भावनाका विषयमा विस्तृत कुराकानी भएको छ ।’

सङ्घीय सरकारको अनुमतिबिना नै भारत गएका मुख्यमन्त्री सिंहले योगीसँग ‘रामायण सर्किट र सीता सर्किटको विकासका लागि उत्तर प्रदेश सरकारको सहयोग’ विषयमा कुराकानी गरेको बताएका छन् ।

तर, नेपालको संविधानअनुसार वैदेशिक सहयोगसम्बन्धी अधिकार सङ्घीय सरकारलाई मात्र छ, जसले उनको यो कदमलाई थप विवादित बनाएको छ ।

मुख्यमन्त्री सिंहसँगै लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी र नेपाली काङ्ग्रेसका पूर्वसांसद अभिषेकप्रताप साहले पनि योगीसँग भेट गरेका छन् । स्रोतका अनुसार यो भेटको सम्पूर्ण चाँजोपाँजो पूर्वसांसद साहले मिलाएका थिए ।

मुख्यमन्त्री सिंह, पूर्वमुख्यमन्त्री चौधरी र पूर्वसांसद साहको भारत यात्रा तथा योगीसँगको भेटघाटबारे भारतस्थित नेपाली दूतावास र नेपालस्थित भारतीय दूतावासले पनि अनभिज्ञता प्रकट गरेका छन् ।

यसअघि काठमाडौंमा भएको राजावादी आन्दोलनमा योगीको तस्वीर प्रयोग भएको थियो । यस्तो अवस्थामा सङ्घीय सरकारको जानकारीबिनै मुख्यमन्त्रीको भारत भ्रमण प्रश्नको घेरामा परेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर