Advertisement
ताजा खबर
अदालतबाट हतकडीसहित थुनुवा फरार शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका
अदालतबाट हतकडीसहित थुनुवा फरार शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका

नेपाली छात्रा मृत्यु प्रकरण : फोन र मेसेज गरेर विद्यार्थीलाई फर्कन अनुरोध गर्दै केआईआईटी विश्वविद्यालय

प्रतिक्षा खबर
२०८१ फाल्गुन ७, बुधबार २२:०३

काठमाडौँ । भारतको उडिसास्थित केआईआईटी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी अझै फर्किन तयार छैनन् । त्यहाँ एक हजार १६० जना नेपाली विद्यार्थी अध्ययनरत छन् ।

ती मध्ये ३० देखि ३५ जना मात्रै विद्यार्थीहरू होस्टेलमा आएको एक विद्यार्थीले बताए । ती बाहेकका विद्यार्थीहरू कोही भारतमै आफन्तकहाँ त कोही विद्यार्थी नेपाल फर्किसकेको ती विद्यार्थीको भनाइ छ ।

विश्वविद्यालयको होस्टेलमा गरिएको अमानवीय व्यवहारका कारण विद्यार्थीहरू अझै त्रासमा छन् । उनीहरू तत्कालको अवस्थामा विश्वविद्यालय फर्किने मनसायमा छैनन् ।

हालसम्म करिब २०० विद्यार्थी नेपाल फर्किएका छन् । काँकडभित्ता,  वीरगन्ज र विराटनगरको २०० को हाराहारीमा विद्यार्थीहरू नेपाल आइपुगेका हुन् । नेपाल आइपुगेका विद्यार्थीहरूले आफू तत्काल विश्वविद्यालय फर्किने मनसायमा नरहेको बताएका छन् ।

फर्किएपछि विभिन्न सञ्चारमाध्यमहरूलाई दिएको अन्तर्वार्ताको क्रममा ती विद्यार्थीहरूले प्रकृति लम्सालको मृत्यु भएको राति होस्टेलभित्र भएको अमानवीय व्यवहारको चर्चा गरेका छन् । रेल्वे स्टेसनमा समेत आफूहरूले असुरक्षित महसुस गरेको उनीहरूको भनाइ छ ।

विश्वविद्यालयमा उपकुलपति बाहेक अन्य शिक्षक कर्मचारीले समेत विद्यार्थीमाथि कुटपिट गरेको उनीहरूको भनाइ छ ।

‘त्यहाँको उपकुलपति सरले मात्रै हात हालेका छैनन् । त्यो बाहेक सबैले कुटेका छन् । कक्षामा पढाउने सरले समेत कुटेका छन् । बाहिरबाट बाउन्सर, जिम ट्रेनर बोलाएर कुटाएका छन् । प्रहरी लगाएर कुटेका थिए,’ एक नेपाली विद्यार्थीले भने ।

प्रकृति लम्सालको न्यायका लागि धर्नामा रहेका बेला आफूहरूमाथि एकाएक कुटपिट भएको बताए । त्यही क्रममा होस्टेलमा बाहिरबाट छिरेका गुन्डाहरूले कोठा बन्द गरेर नेपाली पुरुष विद्यार्थीहरूलाई एकाएक गरेर कुटेको ती विद्यार्थीको भनाइ छ ।

नेपाली छात्राहरूलाई समेत होस्टेलमा लगेर धम्क्याउने, परीक्षामा फेल गराइदिन्छु, रेस्टिकेट गराइदिन्छु भनेर धम्की दिएको समेत बताए ।  कुटपिटपछि गरेपछि विद्यार्थीहरूलाई फेब्रुअरी १७ तारिखको बिहान सूचना जारी गरेर ५ मिनेटभित्र होस्टेल खाली गर्न अर्डर दिएको एक अर्का विद्यार्थीले बताए । नेपाल फर्किनका लागि एक महिना पहिला नै रेलको टिकट बुकिङ गर्नुपर्ने हुन्छ । तर, यो पटक एकाएक घर जान भनेपछि टिकट समेत नपाएको उनीहरूको भनाइ छ ।

लखनउका आदिक श्रीवास्तवले प्रकृतिलाई पटक पटक दुर्व्यवहार गर्दै आएका थिए । आफूमाथि भएको दुर्व्यवहारबारे प्रकृतिले उजुरी समेत दिएकी थिइन । त्यसपछि आदिकलाई चेतावनीसहितको पत्र दिएर छोडिएको थियो । घटना हुनु केही दिन अगाडि समेत त्यसरी नै दुर्व्यवहारमा परेको उनका साथीहरूको भनाइ छ ।

पटक पटकको दुर्व्यवहार सहन नसकेर प्रकृतिले फेब्रुअरी १६ तारिखमा होस्टेलको कोठामा पंखामा झुन्डिएर आत्महत्या गरेकी थिइन् । त्यसपछि उनको न्यायको माग गर्दै नेपाली विद्यार्थीहरूले विरोध प्रदर्शन सुरु गरेका थिए भने त्यसमा भारतीय विद्यार्थीहरूले समेत साथ दिएका थिए ।

आन्दोलन गरेको भन्दै होस्टेलका कर्मचारी तथा विश्वविद्यालयका अधिकारीहरूले बाहिरबाट गुन्डा बोलाएर आफूहरूमाथि कुटपिट गराएको विद्यार्थीहरूको भनाइ छ । ‘यो नेपाली हो हान भनेर कुटपिट गरेका थिए । अझै नेपालीहरूको अवस्था त्यस्तै छ । विश्वविद्यालयले जबरजस्ती पैसा दिएर बोलाउन खोजेको थियो । त्यहाँ गएपछि हामीहरूको अवस्था के हुने भन्ने डरले जान सकेनौँ अनि घर फर्कियौँ,’ एक विद्यार्थीले भने ।

उडिसाबाट घरसम्म आइपुग्दा आफूहरूको एक लाख ८ हजार रुपैयाँ खर्च भएको समेत बताए । ‘२ मिनेटको समय दियो, जित्ना सामान प्याक करसक्ते हो करो, नही ता जाओ भन्यो । हामी न्यायका लागि स्ट्राइकमा बसिरहेका थियौँ । त्यही बेला प्रहरी बोलाएर कुटपिट गरियो,’ ती विद्यार्थीले भने ।

आफूहरूको फोन र ल्यापटप समेत उनीहरूले गरेको विद्यार्थीहरूको भनाइ छ । तीन दिनदेखि खाना समेत खान नपाएको बताउँदै ती विद्यार्थीहरूले नेपाल पुगेपछि खाना खाएको बताए ।

अब आफूहरू तत्काल विश्वविद्यालय फर्किन सक्ने अवस्था नरहेको बताए । आफूहरू सुरक्षित नै नभएको ठाउँमा पढ्न नसक्ने बताए ।

‘अब तत्काल जान सक्ने अवस्थामा छैनौँ । हामी हाम्रो सरकारले जे निर्णय गर्छ त्यसैमा विश्वास गर्छौ । हाम्रो त क्रेडिट आवर नै ट्रान्सफर गरेर यतै पढ्ने वातावरण बनाइदिए हुन्छ,’ ती विद्यार्थीले भने ।

१७ फेब्रुअरीमा उडिसाबाट हिँडेका विद्यार्थीहरू हिजो मध्यरात वीरगन्ज आइपुगेका हुन् ।

नेपाली विद्यार्थीहरूले ह्वाट्सएप ग्रुप बनाएका थिए । ग्रुप एडमिन भएका विद्यार्थीलाई खोजी खोजी कुटपिट गर्नुका साथै फोन समेत खोसेर लगेको अर्का विद्यार्थीले बताए । ती मध्येका एक जना विद्यार्थी भने केही सामान नलिईकन त्यही फोन समातेर बाहिर भोगका थिए । जसले गर्दा ती विद्यार्थी ग्रुप एडमिन भएर ह्वाट्सएप ग्रुप चलाइरहेको बताए । त्यहीबाट विद्यार्थीहरूलाई सर्कुलर जारी गर्नेदेखि लिएर आवश्यक जानकारी दिने काम समेत गरिएको बताए ।

विद्यार्थी फिर्ता बोलाइँदै 

विश्वविद्यालयले भने विद्यार्थीहरूलाई फोन गरेर, म्यासेज गरेर तथा मेल गरेर समेत विश्वविद्यालय फर्किन अनुरोध गर्दै आएको छ । तर, विद्यार्थीहरूले भने तत्कालको अवस्थामा आउन नसक्ने प्रस्ट पारेका छन् ।

नेपाल सरकार तथा नयाँ दिल्लीस्थित नेपाली अधिकारीहरू समेत विश्वविद्यालय पुगेर विद्यार्थीहरूसँग छलफल गरेका थिए । तर पनि विद्यार्थीहरूले अझै सुरक्षित महसुस गरेका छैनन् ।

उनीहरूले नेपाल र भारत दुवै सरकारको तर्फबाट आफूहरूको सुरक्षाको ग्यारेन्टी लिनुपर्ने र विश्वविद्यालयले समेत आफूहरूमाथि केही नहुने जिम्मा लिनुपर्ने माग गरेका छन् ।

उडिसाका शिक्षामन्त्रीसँग परराष्ट्रमन्त्रीको कुराकानी 

परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले विश्वविद्यालयमा भएको घटनाबारे उडिसाका उच्च शिक्षा मन्त्रीसँग फोनमा कुराकानी गरेकी छन् । उडिसाका उच्च शिक्षामन्त्री सूर्यवंशी सुरजसँग प्रकृतिको मृत्युको निष्पक्ष अनुसन्धान र दोषीमाथि कानुनी कारबाहीका साथै त्यहाँका नेपाली विद्यार्थीहरूलाई कलेजमा सुरक्षित वातावरण सहित पठनपाठनको व्यवस्थाका लागि आग्रह गरेकी हुन् ।

उनको निजी सचिवालयले दिएको जानकारी अनुसार मन्त्री सुरजले सो घटनालाई उडिसा राज्यले गम्भीर रूपमा लिएको र प्रकृतिलाई न्याय र दोषीमाथि कारबाहीका लागि उच्चस्तरीय छानबिन समिति गठन गरिएको बताएका थिए ।

साथै उनले त्यहाँ रहेका नेपाली विद्यार्थी र अभिभावकहरूलाई आवश्यक पर्ने परामर्शका लागि अलग्गै हटलाइनको व्यवस्था गरिएको र घर गएका नेपाली विद्यार्थीहरूलाई होस्टलमा फर्काएर पठनपाठनको व्यवस्था मिलाइएको जानकारी मन्त्री डा.देउवालाई गराएका थिए ।

प्रकृतिको मुद्दामा न्याय दिलाउने मुख्यमन्त्रीको प्रतिबद्धता

राज्यका मुख्यमन्त्री मोहन चरण माझीले यस मुद्दामा न्याय दिलाउने प्रतिबद्धता व्यक्त गरेका छन् । मुख्यमन्त्री माझीले नेपाली काउन्सिलरद्वय संजीव दास शर्मा र नवीन राज अधिकारीसँग कुरा गर्दै मृतक केआईआईटी विद्यार्थी प्रकृतिको मुद्दामा न्याय प्रदान गरिने आश्वासन दिएका हुन्।

उनले केआईआईटी क्याम्पसमा शान्ति र सामान्यता पुनर्स्थापित हुने पनि आश्वासन दिए । मुख्यमन्त्री माझीले नेपाली विद्यार्थीहरूलाई क्याम्पसमा फर्कन र आफ्नो पढाइ पुनः सुचारु गर्न आग्रह गरे।

केआईआईटीमा सामान्य अवस्थाको पुनर्स्थापनालाई सुनिश्चित गर्न मन्त्रीद्वय मुकेश महालिङ र सूर्यवंशी सुरज, मुख्य सचिव मनोज आहुजासहित नेपालका अधिकारीहरूसँग स्टेट गेस्ट हाउसमा छलफल गरिएको थियो।

त्यसैगरी मन्त्री सुरजले कलेजमा नेपाली विद्यार्थीमाथि दुर्व्यवहार गर्ने कर्मचारीलाई बर्खास्त गरी कानुनी कारबाही अघि बढाइएको र नेपाली विद्यार्थीलाई सुरक्षित रूपमा होस्टेलमा रहेर पठनपाठन गर्न सक्ने गरी सुरक्षाको प्रबन्ध गरिएको बताए ।

प्रकृतिको मृत्यु प्रकरणको छानबिन गर्न उडिसा सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेको छ । गृह विभागका अतिरिक्त मुख्य सचिव, महिला तथा बालविकास विभागबाट प्रमुख सचिव र उच्च शिक्षा विभागबाट आयुक्त सहसचिव सदस्य रहेको समिति गठन गरेको हो ।

ओडिसा प्रदेश सरकारको सूचना तथा जनसम्पर्क विभागले प्रेस विज्ञप्ति जारी गर्दै छानबिन समिति गठन गरिएको जनाएको हो । कलेजमा प्रदर्शन गरिएका विद्यार्थीमाथि बल प्रयोग र दुर्व्यवहारका घटनाहरू बाहिर आएको र त्यसमाथि अनुसन्धान भइरहेको तथा कानुन अनुसार कारबाही समेत जनाएको छ । उच्च स्तरीय समितिको निष्कर्षका आधारमा कलेजमाथि उपयुक्त कानुनी र प्रशासनिक कारबाही गरिने समेत जनाइएको छ । प्रदेश सरकार विद्यार्थीहरूको सुरक्षा, सम्मान र कल्याणको सुनिश्चित गर्नका लागि प्रतिबद्ध रहेको समेत जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर