Advertisement
ताजा खबर
जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन् उद्योगमन्त्री यादवले दिइन् राजीनामा औरही नगरपालिकाद्वारा ४० जना छात्रालाई साइकल वितरण उपेन्द्र यादव भन्छन्- रास्वपा सरकारमा आएपछि सुशासन झन् हरायो अग्रगामी मोर्चाको पहिलो मधेश प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम जनकपुरधाममा

विपक्षी खेलाडीलाई जानाजान धक्का दिएको भन्दै कोहलीलाई आईसीसीको कारबाही

प्रतिक्षा खबर
२०८१ पुष ११, बिहीबार १६:३४
विपक्षी खेलाडीलाई जानाजान धक्का दिएको भन्दै कोहलीलाई आईसीसीको कारबाही

११ पुस, काठमाडौं । अस्ट्रेलियासँगको चौथो टेस्ट खेलका क्रममा खेलाडीसँगको विवादले विराट कोहलीलाई आईसीसीले कारबाही गरेको छ ।

अस्ट्रेलियाका डेब्यूटेन्ट खेलाडी साम कोन्सटासलाई खेलका क्रममा नियतवश जानाजान धक्का दिएको भन्दै आईसीसीले कोहलीको म्याच फीको २० प्रतिशत कटौती गर्नुका साथै एक डिमेरिट पोइन्ट पनि दिएको छ । एकपटक प्राप्त भएको डिमेरिट पोइन्ट २४ महिनासम्म रहिरहन्छ भने त्यस अवधिमा पाएका हरेक डिमेरिट पोइन्ट जोडिंदै जानेछ र सोही अनुसारको कारबाही हुने गर्छ ।

आईसीसीको कोड अफ कन्डक्ट अनुसार क्रिकेटमा कुनै पनि प्रकारको अनुपयुक्त शारीरिक गतिविधि निषेध गरिएको छ। लापरवाहीपूर्वक हिंड्नु, जानाजान अर्को खेलाडी वा अम्पायरलाई काँधमा धक्का दिएमा सीमाभन्दा बाहिर गएर खेलाडीहरूले यो नियम उल्लंघन गरेको मानिन्छ ।

भारत र अस्ट्रेलियाबीचको चौथो टेस्ट बिहीबारदेखि मेलबर्नमा सुरू भएको छ । ५ खेलको श्रृंखला १-१ को बराबरीमा रहेको अवस्थामा यो खेल श्रृंखलाको महत्वपूर्ण खेलका रूपमा समेत छ ।

अस्ट्रेलियाले यस खेलका लागि नयाँ युवा ब्याटरलाई मौका दिएको थियो । १९ वर्षीय युवा ब्याटर साम कोन्सटासले डेब्यू गर्दै अर्धशतक समेत बनाए । पहिलो खेलमा ६५ बलमा ६० रन बनाएर आउट भएका उनले भारतीय बलरसामु निडर शटहरू खेलेका थिए जसले अस्ट्रेलियालाई शानदार सुरूवात दिलाउन मद्दत गर्‍यो

त्यसको जवाफमा सामले कोहलीलाई केही भनेका थिए र कोहलीले पनि जवाफ फर्काएका थिए । अम्पायर र खेलाडीहरू आएर दुवैलाई शान्त पारेका थिए ।

अस्ट्रेलियाले पहिलो दिनको समाप्तिमा ६ विकेट गुमाएर ३११ रन बनाएको छ। स्टिभ स्मिथ ६८ रन बनाएर खेलिरहेका छन् भने यसअघि सामसँगै उसमान खवाजा र मार्नस लबुशानले अर्धशतक बनाएका थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर