Advertisement
ताजा खबर
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

☰

विवाहपञ्चमीको दोश्रो दिन जनकपुरमा फूलबारी लीला मनाइँदै

प्रतिक्षा खबर
२०७७ मंसिर ३०, मंगलवार १८:०९

जनकपुरधाम, मंसिर ३० गते
जनकपुरमा सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको दोस्रो दिन मंगलबार ‘फूलबारी लीला’ मनाइँदै छ ।
फूलबारी लीलामा राम र लक्ष्मणलाई पुष्पबाटिकामा घुमाउने गरिन्छ, जहाँ राम र जानकीको पहिलो भेट भएको थियो ।
मंगलबार दिउँसो जानकी मन्दिरको छेउमा रहेको विवाहमण्डपको फूलबारी राम र लक्ष्मणलाई अवलोकन गराई फूलबारी लीला मनाउने कार्यक्रम रहेको जानकी मन्दिरका महन्त रामतपेश्वर दास बैष्णवले जानकारी दिए । यस दिन राम र लक्ष्मणको स्वरुप बनाइएका बालबालिकालाई फूलबारीमा घुमाउने प्रचलन छ ।
त्रेता युगमा गुरु विश्वामित्रसहित धनुष यज्ञमा अयोध्यबाट मिथिलाको राजधानी जनकपुरधामा भाग लिन आएका राम र लक्ष्मण फूलबारीमा घुम्न जाँदा राम र सीताको नजर एक अर्कामाथि परेको किम्वदन्ती छ । त्यहिँ राम र जानकी एक–अर्काप्रति आकिर्षत भएको र सीताले आफूलाई रामजस्तै वर पाऊँ भनि कामना गरेको भन्ने मान्यता रहेको छ ।
यसअघि पहिलो दिन सोमबार राम र लक्ष्मणलाई नगरदर्शन गराइएको थियो ।
त्रेता युगामा भएको मर्यादा पुरुषोतम् भगवान राम र आदर्श नारी सीताको विवाहको स्मरणमा प्रत्येक वर्ष जनकपुरमा धुमधामसंग विवाहपञ्चमी पर्व मनाइन्छ । यस वर्ष मंसिर २९ गतेदेखि सुरु भएको रामजानी विवाहको काम पुस ५ गतेसम्म चल्ने छ ।
विवाह पञ्चमीको तेस्रो दिन भोलि पुस १ गते बुधबार धनुष यज्ञ, २ गते बिहीबार तिल्कोत्सव, ३ गते शुक्रबार राम र जानकीको मटकोर रहेको छ भने पुस ४ गते विवाहपञ्चमीको मुख्यदिन विवाह रहेको छ । पुस ५ गते रामकलेवा गरी विधिवत् रुपमा सीताराम विवाह पञ्चमी महोत्सव समापन हुनेछ ।सभार टुडेपाटी

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर