Advertisement
ताजा खबर
सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव

☰

भिजिट भिसा प्रकरण : गृहमन्त्रीको बचाउमा उत्रिए सिटौला

प्रतिक्षा खबर
२०८२ जेष्ठ ११, आईतवार १३:२७

मोरङ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कुनै एक जना कर्मचारीले गरेको गल्तीलाई आधार बनाउँदै गृहमन्त्री रमेश लेखकको राजीनामा माग्नु गलत भएको टिप्पणी गरेका छन् ।

आइतबार विराटनगरमा आयोजित पत्रकार भेटघाटमा सिटौला लेखकको बचाउमा उत्रिएका हुन् । उनले कर्मचारीले गरेको गलत क्रियाकलापलाई आधार बनाएर मन्त्रीको राजीनामा माग्ने कार्यले गलत नजिर बस्ने बताए । यसअघि शनिबार विराटनगरमा नै कांग्रेस नेता डा. शेखर कोइरालाले गृहमन्त्री  लेखकलाई नैतिकताका आधारमा राजीनामा दिन सुझाव दिएका थिए ।

नेता सिटौलाले विगतमा मन्त्रीहरू माथि नै कुरो उठेकोले राजीनामा दिएको भएपनि अहिले अध्यागमन विभागको कर्मचारी माथि आरोप लागेको र अख्तियारले छानबिन गरिरहेकोले केही समय पर्खिनुपर्ने बताए ।

उनले हिन्दु राष्ट्र र संवैधानिक राजसंस्था बारे जनमत सङ्ग्रह आवश्यक नभएको बताउँदै संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानलाई अझै परिष्कृत र परिमार्जित गर्न संविधानको समीक्षा गरेर संशोधन आवश्यक भएको बताए ।

सिटौलाले राजसंस्था कुनै पनि हालतमा फर्किन नसक्ने उल्लेख गरे। प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति समेत आवश्यक नभएको तथा नेपालका लागि सङ्घीय लोकतान्त्रिक संसदीय प्रणाली नै उत्तम व्यवस्था भएकाले संविधान संशोधन गरेर थप परिमार्जित गर्नुपर्ने उनले बताए ।

त्यस्तै सिटौलाले २०८२ को मङ्सिरमा कांग्रेसको महाधिवेशन सम्भव नभएकोले ०८३ को दसैँको आसपासमा महाधिवेशनको तयारी गर्नुपर्नेमा जोड दिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर