Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

नीशमको अलराउण्ड प्रदर्शनमा जनकपुर बोल्ट्सको लगातार तेस्रो जित

प्रतिक्षा खबर
२०८१ मंसिर २०, बिहीबार १२:४३

२० मंसिर, काठमाडौं ।  जिमी नीशमको अलराउण्ड प्रदर्शनमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित हात पारेको छ ।

जनकपुरले बिहीबार पहिलो खेलमा पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गरेको हो । लाहिरु मिलान्थाको ४५ रन तथा नीशमको अविजित ४० रन मदतमा १३८ रनको लक्ष्य जनकपुरले १७.१ ओभर खेल्दै १४३ रन बनाएर पूरा गरेको हो ।

मिलान्थाले ३२ बल खेल्दै ८ चौका मद्तमा सर्वाधिक ४५ रन बनाए । यस्तै नीशमले २० बल खेल्द ५ छक्का मदतमा अविजित ४० रन जोडे । आसिफ शेखले ३४ बलमा ३३ रन बनाए । हर्श थाकरले १३ रन जो८ । कप्तान अनिल शाह १ रनमा आउट भए ।

पोखराका लागि विपिन खत्री, कुशल भुर्तेल र माइकल लिस्कले समान १ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३८ रन बनाएको थियो । पोखराका लागि म्याट क्रिटलेले ३० बल खेल्दै ३ चौका र १ छक्का मद्तमा सर्वाधिक ३५ रन बनाए ।

माइकल लिस्कले २५, आन्द्रेस गौसले २० तथा रेमोन रेइफरले १७ रन जोडे ।

बलिङमा जनकपुरका ललित राजवंशीले सर्वाधिक ३ विकेट लिए । उनले ४ ओभरमा ३१ रन खर्चिए । जिमी नीशमले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए ।

किफायती बलिङ गरेका मोहमम्द मोहसिनले ४ ओभरमा १ मेडन राख्दै १७ रन रख्चर १ विकेट लिए । किशोर महतोले पनि १ विकेट लिए । उनले ४ ओभरमा ३२ रन खर्चिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर