Advertisement
ताजा खबर
दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप जानकी मन्दिरबाट लखेटिए हर्क साम्पाङका कार्यकर्ता एकडारा गाउँपालिकामा नियमित खोप सेवा अब वडा नं. १ का चार स्थानबाट, जन्मदेखि २३ महिनासम्मका बालबालिकाले पाउने सुविधा समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक राप्रपा सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा २ जना पक्राउ अदालतबाट हतकडीसहित थुनुवा फरार शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद

पाकिस्तानमा शिया–सुन्नीबिचको लडाईमा दर्जनौँको मृत्यु

प्रतिक्षा खबर
२०८१ मंसिर १०, सोमबार १४:५२

इस्लामावाद । पाकिस्तानको खैबर पख्तुनख्वामा पर्ने कुर्रम जिल्ला विगत केही दिनदेखि शिया र सुन्नीबिच युद्धको मैदान बनेको छ । यहाँ एकपछि अर्काे आक्रमणमा दर्जनौँ मानिसको मृत्यु भएको छ भने हिंसाका घटनाले सारा देश स्तब्ध बनेको छ । सरकारले दुवै पक्षसँग वार्ता गरी तत्कालका लागि उक्त क्षेत्रमा युद्धविरामको घोषणा गरेको छ ।

अफगानिस्तानसँग सीमा जोडिएको कुर्रम जिल्लामा विगत केही सातादेखि अलिजाई र बागान जनजातिबिच झडप भइरहेको छ । नोभेम्बर २१ मा यहाँ सबैभन्दा नराम्रो झडप भयो । सुन्नी मुस्लिमहरूको समूहले प्रहरी सुरक्षामा जाँदै गरेको शिया मुस्लिमहरूको सवारी साधनलाई निशाना बनाए ।

यस क्रममा ४० जनाभन्दा बढीको मृत्यु भयो । मृत्यु हुनेमा धेरै महिला र बालबालिका समेत थिए । यसपछि नोभेम्बर २२ र २३ मा पनि ठुलो मात्रामा दङ्गा भयो । यी दङ्गामा परेर अहिलेसम्म ८० जनाभन्दा बढीले ज्यान गएको र १५० भन्दा बढी घाइते भएको आधिकारिक तथ्याङ्कले देखाएको छ ।

तथ्याङ्कअनुसार पछिल्लो घटना र गत महिनामा भएका हिंसालाई समेत समावेश गर्दा यी दङ्गामा १५० भन्दा बढीको मृत्यु भइसकेको छ । सञ्चार माध्यममा छापिएका खबरका अनुसार पछिल्लो हिंसाका क्रममा शिया पक्षबाट ६६ जनाको मृत्यु भएको आधिकारिक तथ्याङ्क आएको छ । सुन्नी पक्षबाट १६ जनाले ज्यान गुमाएको बताइएको छ । झन्डै ३ सय घुरपरिवार कुर्रम छोडेर हांगु र पेशावर जान बाध्य भएको पनि बताइएको छ ।

के भन्छ प्रदेश सरकार ?

यस्तो अवस्थामा सरकारको मध्यस्थतामा भएको युद्धविरामले स्थिति सामान्य हुने अपेक्षा गरिएको छ । दुई जनजाति समुदायबिचको यो पूरै द्वन्द्व जग्गा विवादलाई लिएर भएको हो । यसको समाधानका लागि खैबर पख्तुनख्वा सरकारले एक आयोग गठन गरेको छ ।

दुई पक्षबिचको यो युद्धविराम ७ दिनसम्म जारी रहने मुख्यमन्त्रीका सल्लाहकारले भनेका छन् । एक अर्काले अपहरण गरेका व्यक्ति र शव फिर्ता गर्ने विषयमा पनि दुवै पक्षबिच सहमति भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर