Advertisement
ताजा खबर

गोपाल सेवा समितिले डेनमार्कका नवनियुक्त राजदूत डा. रामस्वार्थसहित विभिन्न व्यक्तित्वहरुलाई बुधबार गरे सम्मान

प्रतिक्षा खबर
२०७९ भाद्र ९, बिहीबार १४:०२

जनकपुरधाम । गोपाल सेवा समितिले डेनमार्कका नवनियुक्त राजदूत डा. रामस्वार्थसहित विभिन्न व्यक्तित्वहरुलाई बुधबार सम्मान गरेको छ ।

भगवान श्रीकृष्णको न्वारनको अवसर पारेर गोपाल सेवा समितिले राजदूत डा. रायसहित विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गरेको हो ।

जनकपुरस्थित गोपाल सेवा समितिको केन्द्रीय कार्यालय समेत रहेको श्रीकृष्ण मन्दिर प्राङगनमा उनीहरुलाई सम्मान गरिएको हो । गोपाल सेवा समितिका केन्द्रीय अध्यक्ष कौशल कुमार यादव र वरिष्ठ उपाध्यक्ष बजरंग कुमार यादवले दोसल्ला र सम्मानपत्रले सम्मानित गरेका हुन् ।

सो अवसरमा डा. रायसँगै उनकी पत्नी उर्मिला राय, वरिष्ठ प्रहरी उपरिक्षक(एसएसपी) मनोज यादव, आमसंचार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादव, सेन्ट्रल फाइनान्स कम्पनी लि. का म्यानेजर दिलिप यादव, मेघा बैंक जनकपुर शाखाका म्यानेजर गलेक यादव, सानिमा बैंकका म्यानेजर अखिलेश यादव, सहकारीकर्मी धु्रवनारायण यादव, पत्रकार लक्ष्मण यादव र कलाकार रिना यादवलाई दोसल्ला र सम्मानपत्रले सम्मानित गरिएको थियो ।

केन्द्रीय अध्यक्ष यादवको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा गोपाल सेवा समितिका पूर्व केन्द्रीय अध्यक्ष कारी यादवले सम्मानित हुने सबैमा बधाई ज्ञापन गर्दै नयाँ कार्य समितिलाई यस्तो कार्यक्रमहरुको निरन्तरता दिनुपर्नेमा जोड दिए । गोपाल सेवा समितिका नवनिर्वाचित पदाधिकारीहरुले पहिलो पटक विभिन्न क्षेत्रका व्यक्तितत्वहरुलाई सम्मान गरेको हो । कार्यक्रममा गोपाल सेवा समितिका महासचिव शशिरंजन यादव, केन्द्रीय सदस्यद्वय सचिन यादव र चन्द्रमोहन यादव, धनुषा जिल्ला अध्यक्ष रामबाबु यादव, पूर्व अध्यक्ष उमेश यादव, रामगोविन्द यादव लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर