Advertisement
ताजा खबर
मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन्

अर्थमन्त्रालयले बैंक तथा वित्तीय क्षेत्रलाई ऋणीहरुको सावा तथा ब्याज नउठाउन दिए निर्देशन

प्रतिक्षा खबर
२०७६ चैत्र १३, बिहीबार १३:४९

अर्थमन्त्रालयले बैंक तथा वित्तीय क्षेत्रलाई ऋणीहरुको सावा तथा ब्याज नउठाउन भनेको छ। मन्त्रालयले चैत मसान्तसम्म ऋणीको सावा तथा ब्याज असुल नगर्न वित्तीय सस्थाहरुलाई निर्देशन दिएको हो।
विश्वव्यापी कोरोना प्रभाव फैलिरहदाँ यसको असर व्यवसायीलाई परेको भन्दै मन्त्रालयले निर्देशन दिएको हो। निर्देशन कार्यान्वयन भने राष्ट्र बैंकले सर्कुलर जारी गरेर गराउने छ। बैंक तथा वित्तीय क्षेत्रले ऋणीसँग चैत महिनाभर रकम उठाउन ताकेता गर्न पाउने छैन।
यस्तै मन्त्रालयले बैंक तथा वित्तीय संस्थाहरुबाट प्रभाह भएको कर्जाको वर्गिकरण हाललाई यथास्थितिमा राख्न राष्ट्र बैंकलाई निर्देशन दिएको छ।
अर्थमन्त्री डा. युवराज खतिवडाको अध्यक्षतामा बसेको वित्तीय क्षेत्र व्यवस्थापन समन्वय समितिको बैठकले बुधबार विभिन्न निर्णय गरेको हो। बैठकले देशभर विद्युतीय कारोबारको व्यवस्था मिलाउन राष्ट्र बैंक र बैक तथा वित्तीय क्षेत्रलाई आग्रह गरेको छ।
यसैगरी बैंकिङ प्रणालीमा तरलताको अभाव हुन नदिन अर्थ मन्त्रालयले भुक्तानी दिन बाँकी रहेको सबै रकम सजिलै भुक्तानी तथा राष्ट्र बैंकले बैंक तथा वित्तीय क्षेत्रलाई प्रदान गर्ने पुर्नकर्जाको समेत प्रयोग गर्नुपर्नेछ।
यस्तै बैठकले मुलुकभित्रको उत्पानमुखी उद्योगलाई कर्जा बढाउन मन्त्रालयले बैक तथा वित्य क्षेत्रलाई निर्देशन दिएको छ। सरकारले प्रदान गर्दै आएको ब्याज र बीमा प्रिमियम अनुदानको लागि आवश्यक रकम मन्त्रालयले व्यवस्था गर्नेछ। यसैगरी धितोपत्र, कम्पनी दर्ता, बचत तथा ऋण परिचालन लगायत कामहरु निरन्तर सञ्चालन गर्न मन्त्रालयले निर्देशन दिएको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर