• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

चर्को आलोचनाबिच दानको जग्गामा पार्टी कार्यालय बनाएरै छाड्ने एमाले अडान


चर्को आलोचनाबिच दानको जग्गामा पार्टी कार्यालय बनाएरै छाड्ने एमाले अडान

काठमाडौँ । व्यवसायी मीनबहादुर र सावित्री गुरुङले काठमाडौँको कीर्तिपुरमा दान गरेको जग्गामा नेकपा एमालेले पार्टी केन्द्रीय कार्यालय भवन निर्माण गर्ने भएसँगै पार्टीभित्र र बाहिरसमेत आलोचना सुरु भएको छ ।

व्यवसायी गुरुङले दान गरेको जग्गामा एमालेले पार्टी कार्यालय भवन बनाउने कुरामा एमाले नेतृ बिन्दा पाण्डेले सार्वजनिक रूपमै असहमति जनाएकी छन् भने अन्य केही नेताहरूले समेत त्यसलाई ‘उचित’ मानेका छैनन् ।

‘पार्टीको भवन बन्नु राम्रो हो । तर एउटा व्यवसायी जो ललिता निवास प्रकरणमा समेत मुछिएको देख्दादेख्दै उनले दिएको जग्गामा पार्टीको कार्यालय बनाउँदा राम्रो सन्देश जाने देखिँदैन’, एमालेका एक शीर्ष नेताले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा भने, ‘सरकारको नेतृत्व गरेको अवस्थामा दान लिएर घर बनाउँछु भन्नु त्यसमाथि बाढीपहिरोले नागरिकको उठिबास लागेका बेला पार्टी कार्यालय बनाउन यत्रो ठुलो सहयोग लिनु लाजमर्दो कुरा हो ।

गुरुङ दम्पतीले काठमाडौँको कीर्तिपुर नगरपालिका वडा नम्बर २ मा १० रोपनी १४ आना जग्गा एमालेलाई दान गरेका थिए । उक्त स्थानमा भवन निर्माण गर्न प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र व्यवसायी गुरुङ दम्पतीले असोज २५ गते शिलान्यास समेत गरिसकेका छन् । अगामी एक वर्षभित्र उक्त जग्गामा अत्याधुनिक र सुविधा सम्पन्न भवन निर्माण गर्ने एमालेले जनाएको छ ।

तर, एमाले स्थायी कमिटी सदस्य डा बिन्दा पाण्डेले व्यवसायीबाट पार्टीले जग्गा दान लिनुलाई साढे पाँच लाख पार्टी सदस्यको शिर झुकाउने कदम र २८ लाख एमाले मतदाताको समेत अपमान हुने तर्क गर्दै उक्त निर्णय सच्चाउनुपर्ने बताएकी छन् ।

  • निर्णय सच्चिँदैन : गौतम

पार्टीकै जिम्मेवार नेताले यस्तो टिप्पणी गरे पनि एमालेले भने उक्त निर्णय नसच्चाउने प्रस्ट पारेको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पार्टी केन्द्रीय सचिवालय बैठकमा छलफल गरेर नै उक्त स्थानमा पार्टी कार्यालय भवन निर्माण गर्ने निर्णय भएकाले निर्णय परिवर्तन हुन नसक्ने बताए ।

‘निर्णय सच्चाउने कुनै सम्भावना छैन,’ गौतमले रातोपाटीसँग भने, ‘व्यवसायी मीनबहादुर गुरुङ र उहाँकी पत्नी सावित्री गुरुङले एमालेको पार्टी कार्यालय भवन बनाउन १० रोपनी १४ आना जग्गा डोनेसन दिनुभएको हो ।’

नेता गौतमले शिलान्यास कार्यक्रममै गुरुङ आफैले सञ्चारमाध्यमसँग आफू एमालेको समर्थक र शुभचिन्तक रहेकाले उक्त सहयोग गरेको घोषणा गरेको बताए ।

एमालेप्रति वैचारिक सैद्धान्तिक हिसाबले गुरुङ नजिक भएकाले विपत्ति आइलागेका बेला ‘डोनेसन’ गरेको भन्दै गौतमले कुनै समर्थक र शुभचिन्तकले डोनेसन दिएको र एमालेले ग्रहण गरेको अवस्थामा कसैले आलोचना वा टिप्पणी गर्नुको अर्थ नरहने बताए ।

‘कि त कुनै पनि डोनेसन लिन्न भन्नुपर्‍यो । होइन भने डबल स्ट्यान्डर्ड कुरा गर्नुभएन,’ बिन्दा पाण्डेसहित आलोचना गर्नेहरूलाई सङ्केत गर्दै गौतमले भने, ‘कि हामी कुनै किसिमको दान दातव्य र सहयोग लिँदैनौँ र एकल आफ्नै खुट्टामा उभिएर जान्छौँ भन्न सक्नुपर्छ । यसो भन्ने हो भने हामी धेरै चिज नलिनेभित्र पर्छौँ ।’

उनले एमालेको केन्द्रीय सचिवालय बैठक बसेर औपचारिक रूपमा मीनबहादुर गुरुङ र उनकी श्रीमतीको दान स्वीकार गरेर भवन बनाउने पार्टीको फैसला रहेको बताए । कुनै भावना,  आवेश र उत्तेजनामा उक्त निर्णय नभएको गौतमको भनाइ छ ।

‘यो कुनै भावना, आवेश या उत्तेजनाको कुरा होइन, सस्तो लोकप्रियताका लागि कुनै एउटा कुरा भन्दिऊँ भन्ने कुरा पनि होइन,’ गौतमले भने, ‘२८ लाख मतदाताको अपमान र ५ लाख पार्टी सदस्यको शिर झुकाउने भन्ने कुरा वाहियात हो र निर्णय सच्चिँदैन ।’

  • यस्तो सहयोग लिनुदिनु दुवै गलत : बिन्दा पाण्डे

एमाले स्थायी कमिटी सदस्य बिन्दा पाण्डेले भने व्यापार व्यवसाय गर्नेले पारदर्शी रूपमा कम्पनीको सामाजिक दायित्वअन्तर्गत सामाजिक काममा सहयोग गर्नु कर्तव्य नै हुने भए पनि राजनीतिक दलले कार्यालय बनाउन यस्तो सहयोग लिनु र व्यापारीले दिनु दुवै गलत भएको भन्दै कटाक्ष गरेकी छन् ।

‘साढे पाँच लाख पार्टी सदस्यको स्वाभिमानी शिर झुकाउने र २८ लाख मतदाताको अपमान गर्ने कदम हो यो । व्यापार व्यवसाय गर्नेले पारदर्शी रूपमा कम्पनीको सामाजिक दायित्वअन्तर्गत सामाजिक काममा सहयोग गर्नु कर्तव्य नै हो । तर, राजनीतिक दलले कार्यालय बनाउन यस्तो सहयोग लिनु र व्यापारीले दिनु दुवै गलत हो दिनेले किन र कसरी दिए, उनैलाई थाहा होला’, सोमबार सामाजिक सञ्जाल फेसबुकमा पाण्डेले लेखेकी छन् ।

उनले स्वीकार गर्नेले पार्टीको निर्णायक तहमा छलफल र निर्णय त परको कुरा, जानकारीसमेत नहुने गरी गरिएको भन्दै उक्त निर्णय दीर्घकालमा आत्मघाती साबित हुने चेतावनी दिएकी छन् । ‘समय घर्किसकेको छैन, मनमोहन र मदनहरूले उँचो बनाएको पार्टीको इतिहास, वर्तमानमा बाँचेको स्वाभिमानी पार्टीपंक्ति र भावी सन्ततिका लागि एमालेको गौरव जोगाउने हो भने यो गलत निर्णय सच्याउनैपर्छ । समयमै सोचौँ’, पाण्डेको भनाइ छ ।

  • प्रधानमन्त्री र गुरुङ दुवैको साख उठेन : खतिवडा

एमालेभित्र मात्रै होइन सत्तासहयात्री कांग्रेसका नेताबाट पनि व्यवसायी गुरुङले जग्गा दान गरेको र एमालेले दान लिएकोमा आलोचना हुन थालेको छ ।

संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सभापति समेत रहेका सांसद रामहरि खतिवडाले यो कदमले प्रधानमन्त्री केपी शर्मा ओली र व्यवसायी गुरुङ दुवैको साख नउठेको टिप्पणी गरेका छन् ।

उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्,‘नेकपा (एमाले)को पार्टी अफिस प्रकरणमा प्रधानमन्त्री केपी ओली र समाजसेवी मीनबहादुर गुरुङ दुवैको साख उठेन । के हुँदैछ आफैले बुझ्दा अझ राम्रो । केही नलेखेर बस्न मन थियो तर मन मानेन ।’

खतिवडाले बाढीपहिरोले जनता मारमा परेको बेला सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्रीको पार्टीलाई व्यापारीले अर्बौँको पार्टी केन्द्रीय कार्यालय भव निर्माण गर्ने विषय प्राथमिकतामा राखेको भन्दै ओली र गुरुङलाई प्रश्न समेत गरेका छन् ।

‘यो समयमा विपत्ति पीडितलाई दुवै जनाले सहयोग गरेको भए कति राम्रो हुन्थ्यो होला ?’, खतिवडाको प्रश्न छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

काठमाडौं-३ को मतगणना सुरु

२९ आश्विन २०८१, मंगलवार
अन्तर्राष्ट्रिय

भक्तपुर २ मा ११ बजेबाट मतगणना

२९ आश्विन २०८१, मंगलवार
अन्तर्राष्ट्रिय

भारतले भन्यो– चुनाव सम्पन्न भएकोमा नेपाललाई बधाई

२९ आश्विन २०८१, मंगलवार
अन्तर्राष्ट्रिय

काठमाडौं–१ को मतगणना १० बजेबाट सुरु हुने

२९ आश्विन २०८१, मंगलवार
Next Post

नेपाल–भारत सीमा नाकामा भारतीय एसएसबीले चलायो गोलि

भारत हल्लाइरहेका लरेन्स बिश्नोई को हुन?


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh