Advertisement
ताजा खबर
रामगोपालपुर नगरपालिका-२ का अध्यक्ष मुकेश यादवको हत्या अभियुक्त सञ्जीव झा जनलोकपाल आयोगको सदस्यमा नियुक्त स्थानीय निर्वाचन ‘गैर दलीय’ बनाउन सुझाव परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्‍याे उपेन्द्र यादवको पक्षमा फैसला रविको भारत भ्रमण मधेसीलाई राजनीतिक रूपमा किनारा लगाउने रणनीति : सिके राउत चोरी गर्न आएका समूहको गोली लागेर दुई जना घाइते भ्रष्टाचार मुद्दामा मधेशका सांसद कुशवाहा दोषी ठहर : ४ वर्ष कैद र साढे ३८ लाख जरिवाना रवि लामिछाने र भारतीय गृहमन्त्री अमित शाहबीच आज भेटवार्ता हुने वीरगञ्जका मेयरसँग अदालतले माग्यो ४ लाख १५ हजार धरौटी वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ

महोत्तरीबाट २१ तोला सुनसहित एक युवक पक्राउ

प्रतिक्षा खबर
२०७६ माघ १३, सोमबार १२:४५

जलेश्वर : महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नम्बर ८ मा सशस्त्र प्रहरीले आइतबार राति २१ तोला सुनसहित एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषा जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ बस्ने २३ वर्षीय दीपक महतो रहेको सशस्त्र प्रहरी बीओपी मटिहानीका प्रहरी निरीक्षक हिमाल थापाले जानकारी दिए । बजार भाउ मुल्य अनुसार १६ लाख २४ हजार ६ सय ६ रुपैयाँ बराबरको स्रोत नखुलेको परिमाणको सुन बा १२ प ५०७६ नम्बरको कारमा राखि नेपालबाट भारत तस्करी गर्न लागिएको अवस्थामा युवक महतो पक्राउ परेका हुन् ।

सशस्त्र प्रहरी बीओपी मटिहानीबाट प्रहरी निरीक्षक हिमाल थापाको नेतृत्वमा खटिएको सशस्त्र प्रहरी टोलीले मटिहानी नगरपालिका ८ को सडकबाट आइतबार राति जाँच गर्दा युवक महतो सुनसहित पक्राउ परेका हुन् । कारमा सुनसहित पक्राउ परेका युवक महतोलाई आवश्यक कारबाहीका लागि सुन र कारसहित सशस्त्र प्रहरीले जिल्लाकोमा रहेको भन्सार कार्यालय जलेश्वरमा बुझाएको जनाइएको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर