Advertisement
ताजा खबर
महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन् उद्योगमन्त्री यादवले दिइन् राजीनामा औरही नगरपालिकाद्वारा ४० जना छात्रालाई साइकल वितरण

लेबनानलाई अन्तर्राष्ट्रिय समुदायले बेवास्ता गर्‍यो’

प्रतिक्षा खबर
२०८१ आश्विन २२, मंगलवार २०:२२

बेरुत । यतिबेला इजरायलले हिजबुल्लाहलाई निशाना बनाउने नाममा लेबनानमाथि एक पछि अर्को गर्दै आक्रमण गरिरहेको छ । सारा अन्तर्राष्ट्रिय समुदायले लेबनानलाई अलपत्र छाडेको लेबनानका पूर्वप्रधानमन्त्री फोउद सिनिओराले बताएका छन् ।

लेबनानलाई ध्वस्त हुनका लागि यसरी छोड्नु अस्वीकार्य भएको सन् २००६ मा इजरायलसँग युद्धको समयमा लेबनानका प्रधानमन्त्री रहेका सिनिओराले बताए । शान्ति पुनःबहालीको कोसिसको कुरा आउँदा पहलको अभाव भएको पनि उनले बताए ।

‘हामीहरू निकै अप्ठ्यारो अवस्थामा छौँ, यसका लागि स्थानीय स्तरको साथसाथै अरब र अन्तर्राष्ट्रिय समुदायबाट पनि वास्तविक पहल चाहिएको छ,’ उनले भनेका छन् । अमेरिकी प्रशासन चुनावमा व्यस्त भएकै समयमा लेबनानमाथि आक्रमण भइरहेको पनि उनले बताए । हिजबुल्लाहको लडाकुहरूले सीमा पार गरेर इजरायली सेनाहरूलाई आक्रमण गरेपछि  २० वर्ष अघि लेबनान र इजरायलबिच लडाई भएको थियो ।

यस क्रममा २ जना अपहरणमा परेका थिए भने तीन जना मारिएका थिए । त्यसपछि दुई देशबिच महिनौँ लामो द्वन्द्व चल्यो । सो घटनाक्रमबाट सिनिओराले आफ्नो सरकारलाई अलग राखेका थिए । अहिलेको सरकारले त्यतिबेला आफ्नो सरकारले गरेको काम नगरेको सिनिओराले भनेका छन् । हिजबुल्लाहले सीमा पार गरेर इजरायली सेनाको अपहरण र हत्या गर्छ भन्ने कुरा आफ्नो सरकारलाई जानकारी नदिएको उनले बताए । तर यस पटक लेबनान सरकारले कुनै पहल नगरेकोमा दुखेसो पोखे । इरान समर्थित हिजबुल्लाहको नियन्त्रण सारा लेबनान रहेको पनि उनले बताए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर