Advertisement
ताजा खबर
महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन् उद्योगमन्त्री यादवले दिइन् राजीनामा औरही नगरपालिकाद्वारा ४० जना छात्रालाई साइकल वितरण

पार्टी गठनबारे छलफल गर्न राजेन्द्र महतोले बोलाए बैठक

प्रतिक्षा खबर
२०८१ भाद्र २८, शुक्रबार १८:०१

असोज १ गतेदेखि ३ गतेसम्मका लागि बोलाएको समितिको बैठकमा पार्टी निर्माणका लागि छलफल हुने राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले बताए । कात्तिकमा गोलमेच सम्मेलन गरेर पार्टी घोषणा गर्ने उनको तयारी छ ।

त्यसअघि राष्ट्रिय समितिको बैठक राखेर पार्टी निर्माणलगायतको विषयमा छलफल हुने बताइएको छ ।

राष्ट्रिय समितिमा पार्टी निर्माणलगायत अगामी रणनीतिको बारेमा छलफल हुनेछ । बैठकमा देशको समसामयिक राजनीतिक अवस्थाको बारेमा छलफल हुने एजेण्डा तय भएको छ ।

सोही बैठकमा राष्ट्रिय मुक्ति क्रान्तिको अवधारणाका बारेमा पनि छलफल हुने बताइएको छ । राष्ट्रिय मुक्ति क्रान्तिले तयार गरेको अवधारणा अनुसार पार्टी गठन हुनेछ । पार्टी घोषणा भएपछि निर्वाचन आयोगमा दर्ता गराउने र त्यसपछि पार्टीको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई अल्टिमेटमसहित ज्ञापनपत्र दिइने बताइएको तयारी पनि राष्ट्रिय मुक्ति क्रान्तिको छ ।

राष्ट्रिय मुक्ति क्रान्तिले असोज ३ गते कालो दिवस मनाउने भनिएको छ । सोही दिनदेखि जिल्ला प्रशासन कार्यालय हटाउने अभियान पनि चलाउने बताइएको छ । संविधानले नै नचिनेको जिल्ला प्रशासन कार्यालय हटाउने अभियान देशैभरि सञ्चालन गर्ने निर्णय यसअघि नै राष्ट्रिय मुक्ति क्रान्तिले गरिसकेको छ । बहुलराष्ट्र स्थापनाका लागि राष्ट्रिय मुक्ति क्रान्तिले पहिलो चरणको कार्यक्रम सम्पन्न गरिसकेको छ । दोस्रो चरणको कार्यक्रम तयार भइसकेको छ । त्यसको बारेमा राष्ट्रिय समितिको बैठकमा छलफल गरेर अन्तिम रूप दिने बताइएको छ ।

दोस्रो चरणको कार्यक्रम तयारीका लागि विभिन्न ४५ वटा समिति बनाइएको थियो । ती समितिले आ–आफ्नो प्रतिवेदन तयार गरिसकेका छन् ।

आम सहमति तथा सञ्चारका लागि पनि मोटामोटी प्रतिवेदन तयारी भएको छ । त्यसमा सञ्चारमाध्यमसँग सम्पर्क बढाउनका लागि विभिन्न संवाद कार्यक्रम गर्नुका साथै अन्य माध्यमबाट सम्पर्क बढाउन विभिन्न व्यक्तिलाई जिम्मेवारी तोकेको छ । अर्थ तथा योजना निर्माणका लागि विभिन्न ६ वटा समिति निर्माण गरेको थियो ।

आत्मरक्षा तथा सुदृढीकरण तथा विकासका लागि पनि विभिन्न कार्यक्रम तय गरेको छ । तयारीका लागि चार वटा कार्यक्रम तय गरेको छ । त्यसमा आत्मरक्षा सुरक्षदस्ता सम्बन्धी कार्ययोजना निर्माण, वाईआईएलको कार्ययोजना निर्माण गर्ने, वाईआईएलको एकेडेमी सञ्चालन गर्ने, सांस्कृतिक प्रतिरोध कार्यक्रमको कार्ययोजना तयार गर्ने लगायत छन् ।

त्यस्तै पाँचौँमा उच्च आत्मगत तयारीका साथ विकल्प सहितको विद्रोहलाई अभ्यासमा लैजाने कार्यक्रम तय गरेको छ । यसको तयारीका लागि विभिन्न नौ वटा कार्यक्रम गर्ने भएको छ ।

त्यस्तै, ग्राम गणतन्त्र, स्वराज अभ्यासलाई सबै कमाण्ड, ब्यूरो, विशेष ब्यूरोहरूमा अभ्यास गर्न पहल गर्ने, पार्टीको घोषणाका लागि आवश्यक विधान, घोषणापत्र नियमावली लेखन गर्ने, जिल्ला प्रशासन कार्यालय खारेजीका लागि विस्तृत कार्ययोजना तयार गर्ने र पार्टी घोषण कार्यक्रम तथा मागपत्र प्रस्तुत गर्ने कार्यक्रम छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर