Advertisement
ताजा खबर
स्वास्थ्य, शिक्षा र समाजिक बिकाशलाई प्राथमिकतामा राख्न सभामुख यादवको सुझाव, एकडारा गाउँपालिकाद्वारा ३७ करोडभन्दा बढीको अनुमानित बजेट सार्वजनिक एकडारा गाउँपालिकाको १६औँ गाउँसभा सुरु, नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत हुँदै रामगाेपालपुर नगरपालिकाको ४९करोड ५३ लाख भन्दा बडीको बजेट सार्वजनक सुपर ओभरको रोमाञ्चक भिडन्तमा गौशालामाथि सोनमा गाउँपालिकाको शानदार जित महोत्तरी जिल्ला पालिका स्तरीय क्रिकेट: उद्घाटन खेलमा साेनमा गाउँपालिका  पराजित मिथिलाक संस्कृति, सभ्यता आ आत्मीयताक जीवित दस्तावेज , बिबाहक बरियाती साेनमा गाउँपालिकाले टस जितेर पहिले ब्याटिङ गर्दै सोनमा गाउँपालिकाका अध्यक्ष विशेश्वर प्रसाद यादवद्वारा क्रिकेट टोलीलाई जितको शुभकामनासहित भव्य बिदाइ इजरायल र हिजबुल्लाहबीच युद्धविराम सहमति सानाे आकारको बजेट ल्याउँदै मधेश सरकार
स्वास्थ्य, शिक्षा र समाजिक बिकाशलाई प्राथमिकतामा राख्न सभामुख यादवको सुझाव, एकडारा गाउँपालिकाद्वारा ३७ करोडभन्दा बढीको अनुमानित बजेट सार्वजनिक एकडारा गाउँपालिकाको १६औँ गाउँसभा सुरु, नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत हुँदै रामगाेपालपुर नगरपालिकाको ४९करोड ५३ लाख भन्दा बडीको बजेट सार्वजनक सुपर ओभरको रोमाञ्चक भिडन्तमा गौशालामाथि सोनमा गाउँपालिकाको शानदार जित महोत्तरी जिल्ला पालिका स्तरीय क्रिकेट: उद्घाटन खेलमा साेनमा गाउँपालिका  पराजित मिथिलाक संस्कृति, सभ्यता आ आत्मीयताक जीवित दस्तावेज , बिबाहक बरियाती साेनमा गाउँपालिकाले टस जितेर पहिले ब्याटिङ गर्दै सोनमा गाउँपालिकाका अध्यक्ष विशेश्वर प्रसाद यादवद्वारा क्रिकेट टोलीलाई जितको शुभकामनासहित भव्य बिदाइ इजरायल र हिजबुल्लाहबीच युद्धविराम सहमति सानाे आकारको बजेट ल्याउँदै मधेश सरकार

राज्य मन्त्री हत्या प्रकरण : प्रहरीको शंकाको घेरामा राति आएका ३ व्यक्ति

प्रतिक्षा खबर
२०८१ श्रावण ७, सोमबार २१:१६

७ साउन, काठमाडौं । सर्लाहीको चन्द्रनगर गाउँपालिका-१ मा पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्यामा प्रहरीले ३ जनालाई शंकाको घेरामा राखेको छ ।

आइतबार राति जग्गासम्बन्धी विवादको विषय लिएर रायको घरमा आएका तीन व्यक्ति नै हत्यामा संलग्न हुन सक्ने प्रहरीको निष्कर्ष छ ।

आइतबार राति रायको घरमा पुगेका व्यक्ति उनको हत्यापछि फरार रहेकाले उनीहरुको संलग्नता हुनसक्ने जिल्ला प्रहरी कार्यालय सर्लाहीका एक अधिकारीले बताए ।

प्रहरीले रायको हत्याको खबर आइतबार राति साढे १२ बजे पाएको थियो । खबर पाएलगत्तै प्रहरी चौकी मोहनपुर र इलाका प्रहरी कार्यालय केशरगञ्जको टोली घटनास्थल पुगेको थियो ।

त्यसपछि सर्लाहीका एसपी रवीन्द्रबहादुर सिंह र मधेश प्रदेशका डीआईजी यज्ञविनोद पोखरेल पनि घटनास्थल पुगेका थिए । हत्यामा धारिलो हतियार प्रयोग गरेको खुलेपछि राति नै तालिम प्राप्त कुकुर झिकाएर अनुसन्धान गरिएको थियो । कुकुरले केही संकेत गरेको र घटनास्थल नजिकै हतियार समेत फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठ बताउँछन् ।

चन्द्रपुरस्थित इन्द्र ठाकुरको घरमा आमाको मृत्यु संस्कारमा सहभागी भएर राय राति ८ बजे आफ्नो घर आइपुगेका थिए । त्यसको करिब १ घण्टापछि राति साढे ९ बजेतिर तीन जना उनको घरमा आएको प्रहरीले बताएको छ ।

उनको घरमा पूर्वराज्यमन्त्री रायसँगै उनका सहयोगी २१ वर्षका रामउदेन राय बस्थे । उनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा राति घरमा तीन जना व्यक्ति आएको बताएको मधेश प्रदेशका डीआईजी पोखरेलले बताए ।

‘राति साढे ९ बजेतिर रायको घरमा तीन जना व्यक्ति आएको भन्नेसम्म पत्ता लागेको छ । सोही राति उनको हत्या हुनु र ती व्यक्तिहरु फरार हुनुले उनीहरुप्रति आशंका बढाएको  पोखरेलले भने ।

राति घरमा आएकाहरुले हाम्रो जग्गा विवाद कहिले मिलाइदिने भन्दै रायलाई सोधेका थिए । त्यसै कुरालाई आधार मानेर प्रहरीले ती व्यक्ति पहिचान गर्नतिर लागेको छ ।

‘तीन जना व्यक्ति रायको घरमा आएको भन्नेसम्म खुलेको छ । तर ती को हुन् भन्ने खुलिसकेको छैन । जग्गाको विवादको विषय बताएकाले त्यसतर्फ अनुसन्धान केन्द्रित गरेका छौं’, घटनाबारे अनुसन्धान गरिरहेका एक अधिकृत भन्छन् ।

घरमा राति तीन जना आएपछि पूर्वराज्यमन्त्री रायले आफूलाई छतमा सुत्न पठाएको रामउदेनले प्रहरीलाई बताएका छन् । त्यसअघि तीन जनालाई आफूले पानी दिएको राम उदेनले प्रहरी समक्ष वयानमा भनेका छन् ।

राति करिब सवा १२ बजे पिसाब गर्न उठ्दाखेरी ढोका खुल्लै रहेको देखेपछि टर्च बालेर हेर्दा रक्ताम्य अवस्थामा रायलाई देखेको उनले बताएका छन् । त्यसपछि आफ्ना बाबुलाई घटनाबारे फोन गरेर जानकारी गराएको राम उदेनले बताएको एक प्रहरी अधिकारीले बताए ।

घटनाबारे जानकारी पाएपछि राति करिब १ बजेतिर नै प्रहरी घटनास्थल पुगेको थियो । एक तले पक्की घरको कोठाभित्रको ओच्छ्यानमा उनी मृत अवस्थामा भेटिएका थिए ।

रायको घरबाट उत्तरपश्चिम तर्फको करिब ५० मिटर टाढा रहेको बाँसको झाङमा फर्सा भनिने बञ्चरो आकारको हतियार भेटिएको सर्लाहीका प्रहरी प्रवक्ता श्रेष्ठले बताए ।

पूर्वमन्त्री रायको टाउकाको बायाँतर्फको भागमा ठूलो चोट रहेको छ भने निधारमा पनि चोट छ । जग्गा विवादको कुरा गरेकाले ती व्यक्तिहरु पूर्वपरिचित नै हुन सक्ने प्रहरीको भनाइ छ ।

८० वर्षीय राय राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट ३० वर्षअघि भूमि व्यवस्था राज्यमन्त्री भएका थिए । जिल्ला प्रहरी कार्यालय सर्लाही र मधेश प्रदेश प्रहरी कार्यालयको टोलीले अहिले घटनाको अनुसन्धान गरिरहेका छन् । रायको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवमा राखिएको छ ।

खेती लगाउन आएका बेला हत्या

राय सर्लाहीको सदरमुकाम मलंगवा बस्दै आएका थिए । रायको चन्द्रपुर गाउँपालिकाको रतनपुरमा खेती छ । सँगै एक तले पक्की घर पनि रायले बनाएका छन् ।

उक्त घरमा उनी एक हप्ताअघि मात्रै आएका थिए । एक हप्ता अघि उनी रोपाईं गर्नका लागि आएका थिए । सोही बेला आइतबार राति उनको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

चन्द्रपुर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोका अनुसार राय यसअघि पनि खेती लगाउने र उठाउने बेलामा चन्द्रपुर आएर बस्ने गरेका थिए ।

सत्यतथ्य जाँचबुझ गर्न राप्रपाको माग

राप्रपाले पूर्वराज्यमन्त्री राय हत्याको सत्यतथ्य जाँचबुझ गर्न माग गरेको छ । सोमबार राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले एक विज्ञप्ति जारी भनेका छन्, ‘हत्याजस्तो दुखद घटनाको सत्यतथ्य जाँचबुझ गर्न, घटनामा संलग्नको खोजी गर्न र कडा कारबाही गर्न राप्रपा सरकारको गम्भीर ध्यानकर्षण गराउँदछ ।

राप्रपाले संस्थापक सदस्य र तराई मधेश क्षेत्रको एकजना लोकप्रिय राष्ट्रवादी नेता गुमाएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर