Advertisement
ताजा खबर
मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन्

☰

एकडारा गाउँपालिकाको १६औँ गाउँसभा सुरु, नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत हुँदै

प्रतिक्षा खबर
२०८३ असार ९, मंगलवार १४:४३

एकडारा, असार — महोत्तरीको एकडारा गाउँपालिकाको आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गर्न १६औँ गाउँसभा आज सुरु भएको छ।
गाउँसभाको उद्घाटन मधेश प्रदेश सभाका सभामुख रामअशिष यादव को प्रमुख आतिथ्यमा भएको हो। कार्यक्रमको अध्यक्षता एकडारा गाउँपालिकाका अध्यक्ष दिपनारायण मण्डल ले गर्नुभएको छ।
गाउँसभामा आगामी आर्थिक वर्षका लागि गाउँपालिकाको विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सडक पूर्वाधार तथा सामाजिक विकासलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गरिने जनाइएको छ।
कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, पत्रकार तथा स्थानीय बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको छ। गाउँसभाबाट आगामी आर्थिक वर्षका लागि आवश्यक योजना तथा कार्यक्रमहरू पारित गरिने अपेक्षा गरिएको छ।
गाउँसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि सभामुख यादवले स्थानीय तहको समृद्धि र विकासका लागि जनमुखी योजना तथा प्रभावकारी बजेट कार्यान्वयनमा जोड दिनुभएको बताइएको छ। अध्यक्ष मण्डलले गाउँपालिकाको समग्र विकास, सुशासन तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
गाउँसभाको विस्तृत निर्णय, नीति तथा बजेटका मुख्य बुँदाहरू सार्वजनिक भएपछि थप विवरण आउने गाउँपालिकाले जनाएको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर