Advertisement
ताजा खबर
वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी
वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी

सोनमामा विद्यार्थी र प्रहरीबीच झड्प, एक दर्जन अश्रुग्यास प्रहार हुदा अधा दर्जन बढी विद्यार्थी र प्रहरी घाइते

प्रतिक्षा खबर
२०८० भाद्र १९, मंगलवार २३:२७

नागेन्द्र यादब

महोत्तरी भदौ १९ गते

महोत्तरीको सोनमा गाउँपालिका स्थित एक बिद्यालयको शिक्षक सरुवा गरीएको विषयलाई लिएर विद्यार्थीहरु आन्दोलित भएका छन् । बिद्यालयमा कार्यरत शिक्षकलाई सरुवा न गर्न गाँउपालीकाका अध्यक्ष समक्ष माग गर्न गएको बेला अध्यक्ष बिशेश्वर यादबको उक्साहटमा बिद्यार्थीहरुमाथी कुटपिट हुँदा बिद्यार्थीहरु आन्दोलित भएका थिए ।

 आफुहरुमाथी अध्यक्षको उक्साहटमा कार्यालयकै एक कर्मचारीलेले टाएको फुटाउने गरी घाईते बनए पछी अध्यक्ष बिरुद्ध नाराबाजी गर्दा प्रहरी बोलाएर थप कुटपिट गराईएको एक बिद्यार्थीले बताएका छन् । कुटपिट बाट घाईते भएपछी भएको डपलाई नियन्त्रण गर्न प्रहरीले एक दर्जन भन्दा बढी अश्रुग्यास प्रहार गरेका छन् ।

गाउँपालिकाले गरेको शिक्षक सरुवाको विरुद्धमा मंगलबार सरस्वती जनता मा.वि सोनमा -२ का विद्यार्थीहरुले आक्रोशित हुदै पालिकामा चर्को विरोध प्रदर्शन गरेका थिए ।

गाउँपालिका अध्यक्ष विशेशश्वर प्रसाद यादवले गाउँपालिकामा रहेको विभिन्न शिक्षकहरुलाइ गाउँपालिकाकै विभिन्न विद्यालयहरुमा सरुवा गर्न लागेकोले त्यस विद्यालयमा कार्यरत केही शिक्षकहरुलाइ कही कतै सरुवा नगर्ने विषय प्रमुख माँग विद्यार्थीहरुको छ ।

        शिक्षक सरुवा हुनु भएन , राम्रो पढाइ दे , खानेपानीको व्यवस्था गर , शौचालयको सरसफाई गर लगायत विभिन्न नाराबाजी गर्दै बिद्यालयका सयौं विद्यार्थीहरुले चर्को प्रदर्शन गरेका छन् ।

विद्यालयबाट सरुवा गर्न लागेका शिक्षकहरुमध्ये तेजनारायण मणडल,सत्रुधन यादव र टेकेन्द्र श्रेष्ठलाई कही कतै सरुवा नगर्ने  ज्ञपन पत्रमा उलेख रहेका छन । झडप हुनुका मुख्य कारण गाउँपालिका अध्यक्ष यादब संग भेटको लागी कार्यलयको समयमा गाउँपालिकाको कार्यलयमा  पुगेका विद्यार्थीहरुका समुहरुलाइ विद्यार्थीहरुको माँगकोबारे बुझन ५जना छात्र र ५जना छात्रालाई छलफलका लागी बोलाएको र केही बेरको छलफलमा अर्को बैठकमा शिक्षक सरुवाको विषयमा छलफल गरिने,खेलकुदको समानहरु उपल्बध गराइदिने र टुवाइलेटको समस्या समेत समाधान गरिदिने भन्दै विद्यार्थीहरुलाइ बाहिर पठायो तर विद्यार्थीहरुलाइ गाउँपालिकाकै एक कार्यालय सहयोगीले एक जनालाइ ताल्चोले टाउकोमा हान्यो र एक जनालाइ लठीले हानेर घाईते बनाए पछी बाहिर कुरेर बसेका विद्यार्थीहरु आक्रोसित हुँदा अवस्था तनाव पुणर् बनेको थियो ।

आक्रोसित विद्यार्थीहरुको समुहले गाउँपालिकामा ढुंगा मुढा प्रहार गर्दा गाउँपालिकाको झयालको सिसा फुटेका छन भने ,गाउँपालिका अध्यक्ष यादव चढने गाडी मधेश प्रदेश ०२,००१ झ ०२२९ नम्बरको गाडीको सिसा,त्यस्तै ज ११प३९६६ नम्बरको मोटरसाइकल र नम्बर न खुलेको एउटा अर्को मोटरसाइकलमा अगजनी गर्दा दुवै मोटरसाइकल जलेर पुणर्रुपले क्षति भएको छ । विद्यार्थीहरुको अवस्थालाइ नियन्त्रणमा लिन सोनमा गाउँपालिकामा रहेको शस्सत्र प्रहरी ,जनपत प्रहरी, गाौशाला न पा मा रहेको राम नगर शस्सत्र प्रहरी र गौशला इलाका प्रहरी कार्यालयका प्रहरीहरुलाइ खटाइएको थियो । प्रहरीले अबस्था नियन्त्रणमा लिन एक दर्जन भन्दा बढी राउन्ड अश्रुग्यास प्रहार गर्नुको साथै त्यहाँ उपस्थित दर्जनौ विद्यार्थी र स्थानियहरुलाई कुटपिट समेत गरेका छन ।

प्रहरीहरुको कुटपिट र अश्रुग्यास प्रहारले दर्जनौ विद्यार्थीहरु घाइते भएका छन । अश्रुग्यास लागेका  कक्षा ९ मा अध्ययनरत संध्या कुमारीको अवस्था खराब रहेको बताईएको छ । संन्ध्याको छातिमा अश्रुग्यास लागेकोले डाक्टरको अनुसार उहाको छातिको हडी भाचिएकोले अपरेसन गर्नु पर्ने देखिएको छ । घाइते सबै विद्यार्थीहरुको उपचार रामगोपालपुर न पा ९मा रहेको जानकी एकेडेमिक स्पिटल पर्सामा  भइरहेका छन ।

     उता विद्यार्थीहरुको ढुंगा प्रहारले जनपत र शस्त्र दुवै तर्फको ६ जना प्रहरी समेत घाइते भएको छ । प्रहरीले केही स्थानियहरुलाइ संकाको अधारमा छौ जनालाई नियन्त्रणमा लिएको र उनिहरुमाथि मुदा चलाउने कार्य हुँदै छ भन्ने सोनमा गाँउपालिका वडा नं. १ का वडाध्यक्ष अशोक कुमार यादवले जनाएका छन ।

घाइते विद्यार्थीबारे प्रहरीले यकिन नगरेपनि वडा नम्बर १ का वडाध्यक्ष यादवले चारजना विद्यार्थी हस्पिटलमा उपचार गराउन पुगेका बताए । बाकी प्रहरीको डरले हस्पिटल न पुगि घरमै उपचार गराइरहेका छन ।

यता, विद्यार्थीले ढुंगामुढा गर्दै सवारी साधनमा तोडफोड गर्न थालेपछि आश्रुग्यास हान्नुपरेको प्रहरीको जिकिर छ । विद्यार्थीहरुको माँग पूरा नभए ,पक्राउ परेकाहरुलाइ अबिलम्ब बिना सर्त रिहाइ र दोषीको कार्यवाही न गरे सम्म हाम्रो आन्दोलन जारी रहने विद्यार्थीहरुले बताएका छन ।

   यस समबन्धमा पालिकाका अध्यक्ष विशेश्वोर प्रसाद यादवले अहिले शिक्षक सरुवा नगरेको बताए । उनले चर्चा मात्र चलाएको भनेका छन  । विद्यार्थीहरु शान्तिपूणर् रुपमा आन्दोलन गर्न आए पनी बिद्यार्थीहरुको आन्दोलनमा विपक्षीहरुले घुसपेठ गरि शान्तिपूणर् आन्दोलनलाइ क्रान्तिको रुप दिएको उनले आरोप लगाएका हुन् । अध्यक्ष यदब घुसपेठ गरेर आन्दोलन चर्काउने जोकोही भएपनि उनीहरुमाथि मुद्दा चलाउने भनेका छन् ।

 यता सोनमा गा.पा का पुर्व अध्यक्ष राजकुमार यादवले हालको गाउँपालिका अध्यक्ष विशेश्वर प्रसाद यादव अराजकता गर्दै मनपरि ढंगले शिक्षक सरुवा गरेको आरोप लगाएका हुन् । उनले । बार्ता र अनुरोध गर्न आएका स साना बिद्यार्थीहरुमाथी प्रहरीको प्रयोग गरि  कुटपिट गरेको प्रति घोर भत्सर्ना गर्दै दोषीमाथि कडा भन्दा कडा कारवाहीको माग समेत गरेका हुन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर