Advertisement
ताजा खबर
सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी बजार अनुगमनको शैलीप्रति जलेश्वरका व्यवसायी असन्तुष्ट, अनुगमन कि व्यवसायीमाथि दबाब <
सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी बजार अनुगमनको शैलीप्रति जलेश्वरका व्यवसायी असन्तुष्ट, अनुगमन कि व्यवसायीमाथि दबाब <
☰

एकडारामा दुईदिने एकीकृत परिवार नियोजन बन्ध्याकरण शिविर सुरु पहिलो दिन ४७ जना महिलाले सुरक्षित बन्ध्याकरण सेवा लिए

प्रतिक्षा खबर
२०८२ पुष १३, आईतवार २२:५३

गेपाल झा

महोत्तरी, पुष १३ गते

सन्तानको रहर पूरा भइसकेका दम्पतीहरूलाई लक्षित गर्दै महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा एकीकृत परिवार नियोजन बन्ध्याकरण शिविर संचालन भएको छ । स्वास्थ्य कार्यालय महोत्तरीको आयोजनामा सञ्चालन गरिएको उक्त दुईदिने शिविर आइतबारदेखि एकडारा गाउँपालिकाको एकडारा स्वास्थ्य चौकीमा सुरु शिबिरमा पहिलोदिन ४७ जना महिलाले सुरक्षित बन्ध्याकरण सेवा लिएकी हुन् ।

स्वास्थ्य कार्यालय महोत्तरीको आयोजना एवं जिल्लाका पन्द्रहवटा स्थानीय तहहरूको समन्वय एवं सहकार्य साथै श्री सुनौलो परिवार नेपालले प्राविधिक सहजीकरण गर्दे एकडारा स्वास्थ्यचौकीमा आईतबार देखी दुई दिने एकीकृत परिवार नियोजन बन्ध्याकरण शिविर सुरु भएको छ ।

जिल्लाका १५ वटै स्थानीय तह समेटिने गरी परिवार नियोजन स्थायी बन्ध्याकरण शिविर (महिलाहरूका लागि मिनील्याप र पुरुषहरूको लागि भ्यासेक्टोमी) पुष ४ गतेबाट सुरु भएको हो । शिविर माघ ३ गतेसम्म जिल्लाका ११ स्थानमा संचालन हुने आयोजकले जनाएको छ ।

       आईतबार एकडारा गाउँपालिका अन्तर्गत एकडारा स्वास्थ्य चौकीमा गाउँपालिका अध्यक्ष दिपनारायण मण्डलले शिविरको उद्घाटन गर्नुभयो । यस शिबिरमा स्वास्थ्य कार्यालय महोत्तरीले करिब १ सय जना सेवाग्राहीलाई सेवा दिने लक्ष्य लिएको छ ।

शिविर सञ्चालनअघि आयोजित उद्घाटन कार्यक्रममा एकडारा गाउँपालिकाका अध्यक्ष दिपनारायण मण्डलले अध्यक्षता गर्दै सन्तानको रहर पूरा भइसकेका दम्पतीहरूका लागि गाउँमै सेवा उपलब्ध गराइनु महत्वपूर्ण उपलब्धि भएको बताए । उनले स्वास्थ्य कार्यालय महोत्तरीको आयोजनामा सञ्चालन गरिएको यस शिविरबाट लक्षित दम्पतीहरूले नजिकैको स्वास्थ्य संस्थाबाट सेवा लिन आग्रह गरे ।           अध्यक्ष मण्डलले यहाँ एक जना विशेषज्ञ डा. डिकनाथ यादब सहित सात जना चिकित्सक नर्सहरुद्वारा शिविरमा सहज र भरपर्दो सेवा प्रदान गर्ने भएकोले नकारात्मक धारणाको पछाडि नलागी सकारात्मक ढङ्गले स्वैक्षिक रुपमा आयोजना गरीएको यस शिबिर केन्द्रमा  सेवा लिन सेवाग्राहीहरुलाई अनुरोध गर्नुभयो ।

शिविरको पहिलो दिन आईतबार ४७ जना महिलाले परिवार नियोजनसम्बन्धी बन्ध्याकरण सेवा लिएका छन् । एकडारा गाउँपालिकाका स्वास्थ्य संयोजक महेन्द्र मण्डलका अनुसार शिविरमा एकजना विशेषज्ञ चिकित्सकसहित सात सदस्यीय दक्ष स्वास्थ्यकर्मीको टोली सेबा  प्रदान गरीरहेको जानकारी गराएका हुन् ।         गत वर्ष सात सयको लक्ष्यमा ५३४ को बन्ध्याकरण गरिएकोमा यस वर्ष ८७४ लक्ष्य रहेको  स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख नवलकिशोर साहले जानकारी गराएका हुन् ।  उनले १५ स्थानीय तह रहेको महोत्तरीमा ११ स्थानमा शिविर सञ्चालन गरेर सेवा उपलब्ध गराइने बताए ।

शिविरमा परिवार नियोजनको बन्ध्याकरण सेवा लिने प्रत्येक सेवाग्राहीलाई स्वास्थ्य कार्यालय महोत्तरीको तर्फबाट जनही ३०० रुपैयाँ नगद प्रोत्साहन रकम प्रदान गरिने व्यवस्था गरिएको छ । साथै, सेवा लिई घर फर्किन सेवाग्राहीलाई घरसम्म पुर्‍याउने यातायात व्यवस्थाको जिम्मा एकडारा गाउँपालिकाले लिएको स्वास्थ्य संयोजक मण्डलले जानकारी दिए ।

         आइतबार र सोमबार सञ्चालन हुने दुईदिने शिविरमा एकडारा गाउँपालिका र मनरा सिस्वा नगरपालिकाका करिब एक सय जना सन्तानको रहर पूरा भइसकेका महिला तथा पुरुषलाई लक्षित गरिएको छ । स्थानीय स्तरमै सहज र सुरक्षित रूपमा परिवार नियोजन सेवा उपलब्ध गराउँदा दम्पतीहरूको स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने विश्वास लिइएको छ ।

विगतका वर्षहरूमा परिवार नियोजनलाई जन्म नियन्त्रण र  जनसङ्ख्या व्यवस्थापनका रुपमा बुझिदै आएकोमा हाल परिवार नियोजनलाई परिवार योजना एवं प्रजनन अधिकारको विषयका रूपमा अघि सारिएको छ, जुन आधारभूत स्वास्थ्य सेवा भित्र पर्दछ ।             पुस ४ गते महोत्तरीको गौशाला नगरपालिकास्थित गौशाला अस्पतालबाट सुरु भएको  शिविर पुस ५ गतेसमेत सोही अस्पतालमा सेवा उपलब्ध गराएको छ भने पुस ७ र ८ गते बर्दीबास नगरपालिकाका बर्दीबास अस्पतालमा शिविर सञ्चालन भएको थियो  । यता पुस १० र ११ गते औरही अस्पतालमा शिविर आयोजन भएको थियो । त्यस्तै, आज पुस १३ र १४ गते मनरासिस्वा नगरपालिका तथा एकडारा गाउँपालिकाका सेवाग्राहीका लागि एकडारा स्वास्थ्य चौकीमा शिविर आयोजना हुँदै छ ।

त्यस्तै, बलवा नगरपालिका र लोहारपट्टी नगरपालिकाका सेवाग्राहीलाई बन्ध्याकरणको सेवा उपलब्ध गराउन पुस १६ र १७ गते बल्वा–धमौरा स्वास्थ्य चौकी, रौजामा , पुस १९ र २० गते रामगोपालपुरमा । त्यस्तै सम्सी गाउँपालिकामा पुस २२ गते, सोनमा गाउँपालिकामा पुस २४ र २५ गते तथा पिपरा गाउँपालिकामा पुस २७ र २८ गते शिविर सञ्चालन हुनेछ । त्यस्तै, मटिहानीमा पुस ३० गते र भंगहा नगरपालिकामा माघ २ र ३ गते शिविर आयोजन हुने स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।

       शिविरमा मिनील्याप, भ्यासेक्टोमी साथै आइयुसिडी इम्प्लान्टको सेवासमेत निःशुल्क उपलब्ध गराइने स्रोतव्यक्ति यादवले बताइन् । जनसंख्या सन्तुलन राख्न बन्ध्याकरण भरपर्दो माध्यम भएको र यो सुरक्षितसमेत भएकाले पछिल्लो समय बन्ध्याकरण गराउनेहरूको संख्या बढ्दो छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर