गोपाल झा
महोत्तरी , अषाढ ७ गते
अगामी आर्थिक वर्ष २०८०/०८१ को लागि औरही नगरपालिकाले ४० करोड भन्दा बढीको बजेट सार्वजनिक गरेको छ । महोत्तरीको औरही नगरपालिकाले १२ औँ नगरसभामा अगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ४० करोड ३३ लाख ५९ हजार ५०० रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।
नगरपालीकाका नगरप्रमुख प्रदीपकुमार खड्काले संघीय सरकार , प्रदेश सरकारबाट प्राप्त बजेट, आन्तरिक आम्दानी र दातृ निकाय एवं संघ संस्थाबाट उपलब्ध भएको श्रोत सहीतको अनुमान विवरणका आधारमा अगामी आर्थिक वर्ष २०८०/०८१ को लागि बजेट प्रस्तुत गरेको जानकारी दिनुभयो ।
नगरप्रमुख खड्काले कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ ८ करोड ३८ लाख, शिक्षा तथा खेलकुदतर्फ १३ करोड ८४ लाख ६० हजार, स्वास्थ्यतर्फ ३ करोड ६३ लाख, कृषि तथा पशुपक्षीतर्फ २ करोड ५५ लाख, र ऊर्जातर्फ २२ लाख रुपैयाँ अनुमानित आय प्रस्तुत गरेका हुन् । यस्तै उद्योग तथा रोजगार प्रवर्द्धनतर्फ करोड ९ लाख, पञ्जीकरणतर्फ ९ लाख, पूर्वाधारतर्फ ७ करोड ५२ लाख ९९ हजार ५००, बस्ती विकास(दलित आवास कार्यक्रम)तर्फ २ करोड र खानेपानीतर्फ १ करोड रुपैयाँ गरी कूल ४० करोड ३३ लाख ५९ हजार ५०० रुपैयाँको बजेट नगरसभामा पेश गरेका हुन् ।
आ.व. २०८०/८१ को अनुमानित आय व्यय , निति तथा कार्यक्रमहरु प्रस्तुत गर्दै औरही नगरप्रमुख खड्काले नगरका सबै जनप्रतिनिधि एवम् कर्मचारीहरूलाई विकास निर्माणका कामलाई जनचाहना अनुरुप इमानदारीता पुर्वक सम्पन्न गर्नका लागि आग्रह गरेका थिए । आ.व २०८०/०८१ को लागि शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पुर्वाधार विकास निर्माणमा शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेको उनले जानकारी गराए ।
कार्यक्रमका प्रमुख अतिथीको आसनबाट आफ्नो शुभकामना मन्तब्यमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री सरतसिंह भण्डरी औरही नगरका जनतासंग गरेको वाचामा प्रतिवद्ध रह्न नगरपालिकाका नगरप्रमुख खड्कालाई सुझाव दिएका हुन् ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीको प्रमुख आतिथ्यमा आयोजित नगरपालिकाको १२ औँ नगरसभाको उद्घाटन समारोहमा नगरप्रमुख खड्काले प्रस्तुत गर्नुभएको अगामी आर्थिक वर्ष २०८०/०८१ का लागि वार्षिक नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्य, रोजगार, सिचाईजस्ता क्षेत्रलाई प्राथमिकता दिइएको छ ।







