Advertisement
ताजा खबर
दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी जयन्तीमा विदा दिएकामा सरकारलाई दियाे धन्यवाद

प्रतिक्षा खबर
२०७९ पुष २६, मंगलवार १५:२८

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी जयन्तीमा विदा दिएकामा सरकारलाई धन्यवाद दिएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले राजा पृथ्वीनारायण शाहको जन्म जयन्तीको दिन २७ पुसमा सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।
मंगलबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा समर्थन गर्दै अध्यक्ष लिङ्देनले सरकारलाई धन्यवाद दिएका हुन् । ‘राष्ट्र निर्मातालाई सम्मान गरेर जाँदाखेरि कसैले पनि हिनताबोध गर्नुपर्दैन, पृथ्वीनारायण शाह थिए र नेपाल भन्ने राष्ट्र छ । नेपाल राष्ट्र छ र पुष्पकमल दाहाल प्रचण्ड नेपालको प्रधानमन्त्री हुनुहुन्छ’ उनले भने ।
अध्यक्ष लिङ्देनले पृथ्वीनारायण शाहले नेपालको नाम र पहिचान दिने काम गरेकाले उयनलाई सम्मान गर्न हिनताबोध गर्नु नपर्ने धारणा राखे । ‘हामीले हाम्रो इतिहासको गौरवशाली दिनहरुको सम्मान गरेर अगाडि बढ्दा पछाडि फर्केको हुँदैन’ उनले भने, ‘पृथ्वी जयन्ती राष्ट्रिय एकता दिवश कुनै पार्टीको मात्र हुँदैन, कुनै विचारका मात्र दिवस होइन, हामी सबैको हो ।
पृथ्वी जयन्तीको अवसरमा २७ पुसमा राप्रपाले काठमाडौंको भृकुटीमण्डपमा चियापान कार्यक्रम राखेको छ । अध्यक्ष लिङ्देनले उक्त कार्यक्रममा सबै सांसदलाई निम्तो गरेका छन् । ‘सबै माननीय सदस्यहरुलाई भोलि भृकुटीमण्डपमा चियापमान समारोह छ, चुले निम्तो गर्दछु’ उनले आफ्नो मन्तव्यको अन्तिममा भने ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर