Advertisement
ताजा खबर
जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार

☰

कांग्रेस महासमिति बैठकमा हिन्दुराष्ट्रलाई एजेण्डा बनाउन दबाब

प्रतिक्षा खबर
२०८० फाल्गुन ५, शनिबार १८:०१

५ फागुन, काठमाडौं । नेपाली कांग्रेसका केही नेताहरुले ७ फागुनमा ललितपुरको गोदावरीमा सुरु हुने पार्टीको महासमिति बैठकमा हिन्दु राष्ट्रको विषयमा छलफल गर्न दबाब दिने बताएका छन् ।
सनातन हिन्दुराष्ट्र नेपाल स्थापना महाअभियान घोषणा गर्दै उनीहरुले पार्टीको महासमिति बैठकमा हिन्दुराष्ट्रको एजेण्डा प्रवेश गराउने तयारी गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित घोषणासभामा महाअभियानका संयोजक कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीले आफूहरुको अभियानलाई पार्टी सभापति शेरबहादुर देउवाले पनि सकारात्मक रुपमा हेरेको बताए ।
पार्टीको महासमिति बैठकमा हिन्दुराष्ट्रको विषय एजेण्डाको रुपमा आत्मसाथ गरेर अन्य राजनीतिक दल र आम समुदायसँग छलफल अगाडि बढाउने आशा गरेको पनि उनको भनाइ छ ।
अभियानका सदस्य कांग्रेस नेता देवेन्द्रराज कँडेलले हिन्दुराष्ट्र कायम गर्नका लागि पहिले कांग्रेसले निर्णय गर्नुपर्ने बताए । त्यसका लागि महासमिति बैठकको समयमा हलबाहिर अभियानका सदस्यहरुले धर्ना दिने उनले बताए ।
‘हलबाहिर ब्यानरसहित तपाईंहरुले उर्जा दिने कि नदिने ? बाहिरको उर्जाले हामी भित्र तताउछौं, राष्ट्रलाई हिन्दुराष्ट्रमा फर्काएर देखाउँछौं’, उनले भने
कांग्रेसले हिन्दुराष्ट्रलाई एजेण्डाको रुपमा स्वीकार गरेपछि अरु दल र सरकारलाई भन्न सकिने र संविधान संशोधनसम्म जान सकिने बताए । ‘पहिले आफ्नो जग, आफ्नो घर बलियो बनाऔं । हिम्मत राख्नुस् सबै जना, धर्नामा बसौं’, उनले भने ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर