Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

विमान दुर्घटना, कम्तीमा १५ जनाको मृत्यु

प्रतिक्षा खबर
२०७८ आश्विन २४, आईतवार १५:३६

रुसको टाटस्र्टन क्षेत्रमा एक विमान दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । रुसको स्थानीय सञ्चारमाध्यमले दिएको जानकारीअनुसार यो विमानमा ‘पारासुट जम्पर’ सवार थिए ।
समाचारमा उल्लेख गरिएअनुसार दुर्घटनाग्रस्त विमानबाट सात जनालाई जीवितै उद्धार गरिएको छ । बाँकी १५ जना भने जीवित भएको कुनै संकेत फेला नपरेको रुसका अधिकारीहरुले बताएका छन् । समाचारमा बताइएअनुसार अहिले दुर्घटनामा परेको विमान एल–४१० टुर्बोलेट हो ।
आपतकालीन मन्त्रालयले सार्वजनिक गरेको तस्वीरमा विमानको अगाडिको भाग दुर्घटनामा जमिनमा गाडिएको र आधा भागमा विमान भाँचिएको देख्न सकिन्छ । अहिले उपचारको क्रममा रहेका सातजनामध्ये एकजनाको अवस्था गम्भीर रहेको स्थानीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
पछिल्ला केही वर्षमा रुसमा हवाई सुरक्षाको मापदण्ड सुधार गरिएको छ तर दुर्घटना हुने क्रम भने रोकिएको छैन ।
गत महिना रुसको सुदुर पूर्वमा एन–२६ विमान दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परी ६ जनाको मृत्यु भएको थियो । गत जुलाईमा कामचट्का क्षेत्रमा भएको अर्को विमान दुर्घटनामा २६ जनाको मृत्यु भएको थियो । त्यस्तै रुसमा प्राविधिक समस्याको कारण आपतकालीन अवतरण गराएका घटना पनि प्रशस्तै छन् ।
एजेन्सीहरुको सहयोगमा

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर