Advertisement
ताजा खबर
विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा प्रहरीको गाडीले ठक्कर दिँदा एक बालक गम्भीर घाइते एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी
विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा प्रहरीको गाडीले ठक्कर दिँदा एक बालक गम्भीर घाइते एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी

एसईई को नतिजा प्रकाशन पश्चात् महोत्तरीमा नागरिकता लिने विद्यार्थीको घुइँचो

प्रतिक्षा खबर
२०७९ श्रावण २३, सोमबार ०९:५४

गोपाल झा
महोत्तरी, साउन २२ गते
माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन पश्चात् महोत्तरीमा नागरिकता बनाउने सर्बसाधारण सहित विद्यार्थीहरुको संख्या ह्वात्तै बढेका छन् । महोत्तरीको सदरमुकाम जलेश्वरस्थित जिल्ला प्रशासन कार्यालय सहित जिल्लाका बर्दिवास , रामगोपालपुर र गौशालामा रहेका इलाका प्रशासन कार्यालयबाट पनी नागरिकता जारी हुनेगरेको छ ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रमुख जिल्ला अधिकारी बासुदेब दहालले एसईईको नतिजा सार्वजनिक भएलगत्तै नागरिकता फाँटमा सेवाग्राहीको चाप दोब्बर वृद्धि भएको जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालयबाट दैनिक ४० देखि ५० जना बंसज र १० देखी १५ जना बैबाहिक नयाँ नागरिकता लिने गरेकोमा एसईईको नतिजापछि दैनिक ८० देखि ८५ जनाले बंसज र १० देखी १५ जना सेवाग्राही नया नागरिकता बनाउन आउनेगरेको र दैनिक ७० जनाले नागरीक्ताको प्रतीलिपी दिने सेवा प्रवाह भई रहेको प्रशासकीय अधिकृत सम्भु यादबले जनाएको छ ।
एसईई उत्तीणर् भएपछि बिद्यार्थीहरुले प्राविधिक विषय अध्ययन गर्न र अन्य प्रयोजनका लागि नागरिकता चाहिने भएकाले अहिले नागरिकता बनाउनेको संख्या दोब्बर भएपनी यो सिजनली भएको भन्दै प्रशासकीय अधिकृत यादबले भदौ महिनाको दोश्रो हप्ता पछी पुनः पहिलाको जस्तै संख्या घटने बताउनुभयो ।
त्यस्तै जिल्ला प्रशासन कार्यालय महौत्तरमिा राष्ट्रिय परिचयपत्र बनाउनेको भिड थाम्नै न सकिए पछी जिल्लाका १५ स्थानिय तहका नागरीकहरको थप सहजताका लागी आलो पालो प्रणाली लागु गरीएको छ ।
यस कार्यालयमा राष्ट्रिय परिचयपत्र समबन्धी कामको चाप दिनानुदिन बढदै गएकको , टाढा टाढाबाट सेवा लिन आउने सेवाग्रहीहरुले टोकन न पाउने समस्यालाई मध्यनजर गर्दै यही श्रावण ८ गते देखी आलो पालो प्रणाली लागु गरीएको छ ।
जस अनुसार आईतबार लोहाारपट्टी र सोनमा त्यस्तै सोमबार भंगहा र सम्सी मंगलबार औरही र बलवा बुधबार मनरा सिस्वा र एकडारा ,बिहीबार मटिहानी र पिपडा र शुक्रबार जलेश्वर र महोत्तरी पालीका चयन गरीएको छ ।
अहिले यहाँ उपलब्ध जनशक्तीबाट दैनीक १३५ भन्दा बढी जनालाई राष्ट्रिय परिचयपत्र सम्बन्धी काम हुादै आउका छन ।
राष्ट्रिय परिचयपत्र सम्बन्धी कामको लागी जिल्लाका १५औ स्थानिय तहका नागरीकहरुको लागी आलोपालो प्रणाली लागु गरीएपनी सेवाग्रहीको चाप अनुसार यहाँ आवश्यक प्रविधि र कर्मचारीको व्यवस्था न हुँदा सेवाग्राहीहरु सास्ती खेपी रहेको छ ।
राष्ट्रिय परिचयपत्र सम्बन्धी कामको लागी सम्बन्धीत निकायबाट प्रविधि सहितका कर्मचारीको व्यवस्था मिलाउन आबस्यक रहेको वहाँँले बताएका हुन् ।
यस कार्यालयबाट नागरीक्ता समबन्ध िकामको साथै बैदेशकि रोजगारीमा जानेहरुकोलागी चाहीने राहदानीको फार्म दर्ता सहित दैनीक १५ देखी २० जनाले मधेशी ,आदिबासी जनजाती, दलीत तथा मुसलीम प्रमाणपत्र समेतको सेवा दिईने गरीन्छ ।
त्यस्तै चालु आ.ब.श्रावण २२ गते सम्म १६ बर्ष मुनिका ३५ जना नाबालिक परिचय पत्रको लागी सिफारीस समेत गरीएको प्रशासन साखाले जनाएका छन ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन पश्चात् एकै पटक ह्वात्तै भिडभाड बढ्दा नागरिकता बनाउन जाँदा घन्टौंसम्म लाइनमा बस्नुपरेको सेवाग्राहीले गुनासो गरेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर