Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

गौर घटनामा राजनीतिक पूर्वाग्रहपूर्ण अनुसन्धानको कडा प्रतिकार गर्ने संघीय लोकतान्त्रिक मोर्चाको चेतावनी

प्रतिक्षा खबर
२०८२ भाद्र ४, बुधबार २१:५२

गोपाल झा, महोत्तरी, भदौ ४ गते

संघीय लोकतान्त्रिक मोर्चाले गौर घटनाको विषयमा सर्वोच्च अदालतले दिएको परमादेशबारे ध्यानाकर्षण गराउँदै एकपक्षीय र राजनीतिक प्रतिशोधी मानसिकताबाट हुने कुनै पनि कारबाहीको कडा प्रतिकार गर्ने चेतावनी दिएको छ ।

जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठीको अध्यक्षतामा काठमाडौं थापागाउँस्थित पार्टी कार्यालयमा बसेको बैठकले सफा नियतका साथ गरिने अनुसन्धानमा आपत्ति नहुने भएपनि एकपक्षीय, राजनीतिक प्रतिशोधी, पूर्वाग्रही र विभेदी मानसिकताले गरिने कुनै पनि कारबाहीको सशक्त प्रतिकार गर्ने निर्णय स्पष्ट पारेको छ ।

परमादेशको पूर्ण पाठ प्राप्त नभएको भए पनि सफा नियत, तटस्थता र कानूनी आधारमा सबैलाई समेटेर निष्पक्ष अनुसन्धान हुने हो भने त्यसप्रति आपत्ति नरहेको मोर्चाले जनाएको छ । तर, तथ्यलाई तोडमोड गरी एकपक्षीय प्रचार गर्ने, व्यक्ति केन्द्रित दुष्प्रचार गर्ने जस्ता गतिविधिले राजनीतिक प्रतिशोधको मानसिकता स्पष्ट भएको भन्दै मोर्चाले त्यसको विरोध गरेको छ ।       गौर घटनापछि तत्कालीन सरकारले गठन गरेका ललितपुर पुनरावेदन अदालतका न्यायाधीश हरिप्रसाद घिमिरेको नेतृत्वमा बनेको छानबिन आयोग र तत्कालीन सर्वोच्च न्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा बनेको छानबिन आयोगको प्रतिवेदन अझै सार्वजनिक नभएको मोर्चाले स्मरण समेत गराएको छ । साथै, राष्ट्रिय मानव अधिकार आयोगले तीन वर्षअघि प्रकाशित प्रतिवेदनमा घटनाको कारण, जिम्मेवार निकायको हेलचक्राइ, नियोजित उक्साहट र हिंसाको सुरुवात कसले गरेको भन्ने विषयमा प्रष्ट उल्लेख भएको भन्दै यिनै आधारमा अनुसन्धान हुनुपर्नेमा जोड दिएको छ ।

यसैगरि बैठकले रूपन्देही–३ को उपनिर्वाचनका लागि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई उम्मेदवार बनाउने जिम्मेवारी दिएको छ । प्रचार–प्रसार र संगठन परिचालनका लागि मोर्चाको सचिवालयलाई विशेष जिम्मेवारी दिइएको छ ।

बैठकमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, महासचिव रामकुमार शर्मा र मनिष सुमन, रामुपा नेपालका राजेन्द्र महतो, रामनरेश राय, केशव झा र अनिल महासेठ, लोसपा नेपालका सर्वेन्द्रनाथ शुक्ल, ज्ञानेन्द्र झा, अजय झा र मोहम्मद इस्लाम सहभागी थिए ।

त्यस्तै, नागरिक उन्मुक्ति पार्टीबाट रेशम लाल चौधरी, जनता प्रगतिशील पार्टी नेपालबाट प्रशान्त ठाकुर र उपेन्द्र उपाध्याय, तथा तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)बाट वृषेश चन्द्र लालको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर