Advertisement
ताजा खबर
नेपाल र भारतबिच एकअर्काको भोगचलनमा रहेको जग्गा नापजाँच गर्ने सहमति नेपाली तीर्थयात्री सवार बस भारतमा दुर्घटना, तीन जनाको मृत्यु महोत्तरीका व्यक्ति हुन्डी कारोबारको आशङ्कामा ५१ लाख नगदसहित पक्राउ भूकम्पबाट मृत्यु हुनेको संख्या १८० नाघ्यो, उद्धारकार्य जारी सन्दीप लामिछाने : कठिन समयमा कप्तान, ओडीआई मान्यता जोगाउने चुनौती सोनमा गाउँपालिकामा स्वास्थ्यकर्मी तथा स्वयंसेवकलाई बैग, छाता, डायरी र त्रिपाल वितरण रौतहटमा नदीमा नुहाउन गएका तीन बालबालिका बेपत्ता सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता अख्तियारले थाल्यो दुई पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवहरूको सम्पत्ति अनुसन्धान

शम्सीमा विश्व मानव बेचबिखन विरुद्ध दिवसको अवसरमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

प्रतिक्षा खबर
२०८३ श्रावण १५, शुक्रबार १२:००

महोत्तरी, शम्सी। विश्व मानव बेचबिखन विरुद्ध दिवसको अवसरमा महोत्तरी जिल्लाको शम्सी गाउँपालिका–स्थित शम्सी चोकमा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
प्रहरी चौकी शम्सीको आयोजना तथा स्थानीयवासीको सक्रिय सहभागितामा सम्पन्न कार्यक्रममा मानव बेचबिखन तथा ओसारपसारका जोखिम, त्यसबाट बच्ने उपाय, शंकास्पद गतिविधिको पहिचान तथा समयमै सम्बन्धित निकायमा सूचना दिनुपर्ने विषयमा जानकारी प्रदान गरिएको थियो।
कार्यक्रममा प्रहरीले मानव बेचबिखन समाजका लागि गम्भीर अपराध भएको उल्लेख गर्दै रोजगारी, वैदेशिक अवसर वा अन्य विभिन्न प्रलोभनमा परी अपरिचित व्यक्तिको प्रभावमा नपर्न आग्रह गरेको थियो। साथै, कुनै पनि शंकास्पद गतिविधि देखिएमा तत्काल प्रहरीलाई जानकारी गराई मानव बेचबिखन नियन्त्रण अभियानमा सबैको सहकार्य आवश्यक रहेको बताइएको थियो।
स्थानीय जनप्रतिनिधि, समाजसेवी, युवा तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको उक्त कार्यक्रममा मानव बेचबिखनविरुद्ध सामूहिक सचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने सहभागीहरूले बताएका छन्।
प्रहरी चौकी शम्सीले आगामी दिनमा पनि समुदाय–प्रहरी साझेदारीलाई थप प्रभावकारी बनाउँदै अपराध नियन्त्रण तथा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर