Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

मधेसमा जनमत नेतृत्वको सरकारलाई  स्थानीय तहको उपचुनावपछि हटाउन चाहन्छ कांग्रेस

प्रतिक्षा खबर
२०८१ मंसिर ९, आईतवार १९:५६
जनमत पार्टी नेतृत्वको मधेस सरकारको काम कारबाही सन्तोषजनक नभएको भन्दै नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरू मुख्यमन्त्री परिवर्तनको चलखेलमा लागेका छन् ।

जनमत पार्टीले मधेस सरकार एकलौटी ढंगबाट चलाएको, अरु मन्त्रीहरूले गरेको कामलाई जनमत पार्टीको नामले प्रचार गरेको, बजेट विनियोजनमा चलखेल गरेकोजस्ता आरोप कांग्रेस र एमालेका नेताहरूले लगाइरहेका छन् ।

मधेसमा कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन गृहकार्य गरिरहेको छ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मधेस प्रदेशको सरकार कुनै पनि हालतमा परिवर्तन हुने भन्दै ढुक्क रहन आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई भनेका छन् ।

सिरहाको लहानमा आफ्ना नेता तथा कार्यकर्तासँग उनले केन्द्रमा जनमत पार्टी गठबन्धनमा रहेकाले मधेस प्रदेशमा सरकारको नेतृत्व दिएको बताए । उनले अब त्यस्तो नहुने भन्दै कांग्रेसको नेतृत्वमा सरकार बन्ने भनेर कार्यकर्तालाई आश्वस्त पारे ।

मधेस प्रदेशमा कांग्रेस, एमाले, लोसपा नेपाल मिलेर सरकार बनाउन सक्ने अंकगणित छ । तर कांग्रेसले त्याग देखाएर जनमतलाई सरकारको नेतृत्व दिएको बताउँदै कांग्रेस महामन्त्री शर्माले अब लामो समयसम्म त्याग देखाउन नसक्ने बताएका छन् ।

तर कांग्रेसका महामन्त्री शर्माको यो भनाइलाई मुख्यमन्त्री सतिश सिंहले सिधै इन्कार गरे । उनले कसले के भन्छ भन्नेतिर आफूहरूले ध्यान नदिने बताए । ‘हामी जति दिन सरकारमा बस्छौँ, जनताको हितमा काम गर्छौं,’ उनले भने ।

उनले जनमत नेतृत्वको सरकार परिवर्तन हुने हल्लामात्र रहेको बताए । जनमत नेतृत्वको सरकार पूरा कार्यकाल चल्ने दाबीसमेत उनले गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेपछि जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सरकारको आलोचना गरेका थिए । त्यसपछि एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेश सरकारबाट जनमत पार्टीलाई हटाउने तयारी गरेका थिए ।

जनमत पार्टीलाई हटाएर सरकारको नेतृत्व उपेन्द्र यादव नेतृत्वको जसपा नेपाललाई दिने लगभग अन्तिम तयारी थियो । यस विषयमा कांग्रेससँग पनि सहमति भइसकेको थियो । मधेस प्रदेशको सरकार परिवर्तन हुने भएपछि जनमत पार्टीका अध्यक्ष राउत प्रधानमन्त्री ओलीलाई भेट्न पुगेर कुरा मिलाएका थिए ।

अध्यक्ष राउतले ओलीलाई थामथुम पारे पनि कांग्रेस अब जनमत पार्टीलाई हटाएर सरकारलाई नेतृत्व गर्ने तयारीमा जुटेको देखिन्छ । कांग्रेसका नेताहरूका अनुसार स्थानीय तहको उपचुनावपछि पार्टी यसमा गम्भीर ढङ्गले लाग्नेछ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर