Advertisement
ताजा खबर
जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन् उद्योगमन्त्री यादवले दिइन् राजीनामा औरही नगरपालिकाद्वारा ४० जना छात्रालाई साइकल वितरण उपेन्द्र यादव भन्छन्- रास्वपा सरकारमा आएपछि सुशासन झन् हरायो अग्रगामी मोर्चाको पहिलो मधेश प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम जनकपुरधाममा

धनुषा रेडक्रसमा तदर्थ समिति गठनप्रति असन्तुष्टि, निर्णय सच्याउन माग

प्रतिक्षा खबर
२०८३ श्रावण १२, मंगलवार २०:०४

जनकपुरधाम, १२ साउन । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले धनुषा जिल्ला शाखाको मौजुदा समिति विघटन गरी नयाँ तदर्थ समिति गठन गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदै उक्त निर्णय अविलम्ब सच्याउन माग गरिएको छ।

​नेपाल रेडक्रस सोसाइटी केन्द्रीय तदर्थ समितिको मिति २०८३ साउन ४ गते बसेको बैठकले नरेशकुमार सिंहको सभापतित्वमा रहेको धनुषा जिल्ला शाखा समिति विघटन गरी पंकजकुमार महतोको सभापतित्वमा ११ सदस्यीय नयाँ तदर्थ समिति गठन गरेको थियो। केन्द्रीय कार्यालयले मिति २०८३ साउन ११ गते (पत्र सङ्ख्या ६७/०८३/०८४) पत्राचार गर्दै उक्त निर्णयको जानकारी गराएको हो।

​नवगठित समितिमा पंकजकुमार महतो (सभापति), ई. विमल पूर्वे (मन्त्री), सतिशकुमार सिंह (कोषाध्यक्ष) तथा सदस्यहरूमा डा. सुभाषचन्द्र यादव, राजेशकुमार ठाकुर, राजेश राइन, अजयकुमार नायक, राजेन्द्रकुमार झा, शान्ती विष्ट, नागिनादेवी मिश्र र रामकलादेवी सदा (मुसहर) रहेका छन्। केन्द्रीय कार्यालयले नवगठित समितिलाई ३० दिनभित्र वित्तीय समीक्षा, बक्यौता तथा सम्पत्ति परीक्षण गरी प्रतिवेदन पेस गर्न र सदस्यता अद्यावधिक गरी निर्वाचन गराउने कार्यादेश दिएको छ।

​तथापि, उक्त निर्णयले समग्र धनुषा जिल्लाको प्रतिनिधित्व गर्न नसकेको भन्दै सरोकारवालाहरूले विरोध जनाएका छन्। ११ सदस्यीय समितिमा १० जना सदस्यहरू जनकपुरधाम उपमहानगरपालिकाबाट मात्र चयन गरिएको र सम्पूर्ण जिल्लाका अन्य पालिकाहरूबाट हंसपुर नगरपालिकाका १ जना मात्र परेकाले निर्णय समावेशी र सन्तुलित नभएको तर्क गरिएको छ।

​रेडक्रसको आधारभूत सिद्धान्त, तटस्थता र समावेशी मर्मविपरीत एकपक्षीय ढंगले समिति गठन गरिएको भन्दै साविकका पदाधिकारी तथा स्थानीय सरोकारवालाहरूले केन्द्रीय निर्णय पुनर्विचार गरी सर्वपक्षीय र भूगोल समेटिने गरी निर्णय सच्याउन जोडदार माग गरेका छन्।
#amreshkumarsingh #mahendrarayyadav #Janakpurdham #Madhesh #Dhanusha #नेपाल

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर