Advertisement
ताजा खबर
लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री

ओली सरकारलाई दिएको समर्थन चाँडै फिर्ता हुन्छ : उपेन्द्र यादव

प्रतिक्षा खबर
२०८१ फाल्गुन १७, शनिबार ११:१३

काठमाडौं,  जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले अहिलेको कांग्रेस र एमालेको सरकारलाई राम्रो काम गरोस भनेर समर्थन गरेको भएपनि यो ७ महिनामा एउटा सिन्कोपनि भाँच्ने काम नभएको आरोप लगाएका छन् ।

केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि देशको अर्थतन्त्र झनै चौपट भएको एक संचारमाध्यम संग कुराकानीमा आरोप लगाउदै यादवले भने,‘ अब अति भै सक्यो, हामी समर्थन फिर्ता लिन्छौ ।’
अहिलेको सरकार गठन भएपछि अराजकता, भ्रष्टाचार र कमिशनतन्त्र चरम सिमामा पुगेको दावी गर्दै यादवले सरकारको गठनमा हामी गरेको सहयोग अब चाँडै फिर्ता लिने बताएका छन ।

उनले भने,‘विदेशी राष्ट्रहरुले पनि नेपाललाई ग्रे लिष्टमा राखिसके, नेपाललाई अनुदान दिनु, ऋण दिनु सबै बेकार हो, सबै भ्रष्टाचार गर्छन, खान्छन् भनेर भनिसकेको अवस्था हो । अहिले हामीले सरकारलाई भनेका छौं, ईट इज टु मच, ईट ईज टु मच, अब इनफ अफ इज इनफ भन्ने बेला आइसक्यो ।”

आफ्नो दल अलिक उदार रहेको दाबी गर्दै यादवले कांग्रेस र एमाले मिलेर सरकार बनाउने बेलामा सुशासन र विकास दिने, र भ्रष्टाचार अन्त्य गर्छौं भनेकोले सरकारलाई समर्थन दिएको भएपनि अहिले ती कुनैपनि काम नगरेको गम्भीर आरोप लगाएका छन । अहिले मुलुकमा कमिशनतन्त्र, भ्रष्टाचार र विचौलियाको बिगबिगी अन्त्य हुनुको साटो झनै बढेर गएको पनि यादवको आरोप छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर