Advertisement
ताजा खबर
टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने

☰

ओली सरकारलाई दिएको समर्थन चाँडै फिर्ता हुन्छ : उपेन्द्र यादव

प्रतिक्षा खबर
२०८१ फाल्गुन १७, शनिबार ११:१३

काठमाडौं,  जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले अहिलेको कांग्रेस र एमालेको सरकारलाई राम्रो काम गरोस भनेर समर्थन गरेको भएपनि यो ७ महिनामा एउटा सिन्कोपनि भाँच्ने काम नभएको आरोप लगाएका छन् ।

केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि देशको अर्थतन्त्र झनै चौपट भएको एक संचारमाध्यम संग कुराकानीमा आरोप लगाउदै यादवले भने,‘ अब अति भै सक्यो, हामी समर्थन फिर्ता लिन्छौ ।’
अहिलेको सरकार गठन भएपछि अराजकता, भ्रष्टाचार र कमिशनतन्त्र चरम सिमामा पुगेको दावी गर्दै यादवले सरकारको गठनमा हामी गरेको सहयोग अब चाँडै फिर्ता लिने बताएका छन ।

उनले भने,‘विदेशी राष्ट्रहरुले पनि नेपाललाई ग्रे लिष्टमा राखिसके, नेपाललाई अनुदान दिनु, ऋण दिनु सबै बेकार हो, सबै भ्रष्टाचार गर्छन, खान्छन् भनेर भनिसकेको अवस्था हो । अहिले हामीले सरकारलाई भनेका छौं, ईट इज टु मच, ईट ईज टु मच, अब इनफ अफ इज इनफ भन्ने बेला आइसक्यो ।”

आफ्नो दल अलिक उदार रहेको दाबी गर्दै यादवले कांग्रेस र एमाले मिलेर सरकार बनाउने बेलामा सुशासन र विकास दिने, र भ्रष्टाचार अन्त्य गर्छौं भनेकोले सरकारलाई समर्थन दिएको भएपनि अहिले ती कुनैपनि काम नगरेको गम्भीर आरोप लगाएका छन । अहिले मुलुकमा कमिशनतन्त्र, भ्रष्टाचार र विचौलियाको बिगबिगी अन्त्य हुनुको साटो झनै बढेर गएको पनि यादवको आरोप छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर