रामगाेपालपुर -यस क्षेत्रकाे जनताहरुकाे उपचारमा भरपर्दाे सेवा र समयमै उपचार पाएपछि जानकी एकेडेमी हस्पिटल प्रां लि प्रति जनताहरुकाे अस्पतालसँगको भरोसा बढ्दैछ । अस्पतालले सेवा विस्तार गर्दै उपचारमा गरिबको पहुँच बढाउँदै लगेपछि अहिले सर्लाही,हमाेत्तरी ,भारतकाे विभिन्न स्थान लगायत जनकपुरकाे केही स्थान सम्मकाे विभिन्न किसिमका बिरामीहरू बडदै गएकाे हस्पिटल प्रमुख संजय कुमार यादवले जनाएका छन ।

“जानकी एकेडेमीक हस्पिटल प्रां लिकाे संचालनभएपछी यस बिकट क्षेत्रमा बसाेबास गर्ने जनताहरुलाइ उपचारै नपाएर मरिनु पर्दैन । महोत्तरीको रामगाेपालपुर नगरपालिका ३दाेलाठीकाे राजाराम मण्डलले भन्नुहुन्छ, “अस्पतालमा बिरामीले राम्रो वास्ता पाउँछन्, यसअस्पतालको उपचार सेवाबारे विश्वास र भरोसा बढेको छ ।” मण्डलकाे घर परिवारले छाेरा बाच्छ भन्ने विश्वास गुमाइसकेका थिए ।

राजाराम मण्डलले माेटरसाइकल दुर्टनामा पर्दा उहाकाे बाच्ने आस थिएन ।तर यस हस्पिटलमा ल्याउदा हस्पिटलमा रहेका दक्ष डाक्टरहरुले गरेकाे उपचारले उहाँ बाच्न सफल भएका छन ।विसं २०७८मा स्थापित यो अस्पतालले क्रमशः सेवा विस्तार गर्दै गएपछि सेवा लिने निकै बढेका छन् ।रामगाेपालपुर नगरपालिका वडा नं९मा अवस्थित हस्पिटलले महाेतरी र सर्लाही जिल्लाका जनताहरुकाेलागि नजिकमै अस्पताल भए पछी अब बाहिर उपचार गर्न नगइ सर्वसाधारण अब यहीँ उपचार लिन थालेका छन् ।

अस्पतालले आर्थिक वर्ष २०८१/८२मा यहिले सम्म१२हजारभन्दा बिरामीलाई उपचार सेवा दिएको छ । अस्पतालको प्रसूति सेवाले टाढाटाढा सेवा लिन जानुपर्ने वाध्यता हटेको ग्रामीण महिलाको प्रतिक्रिया छ । पछिल्ला चार महिनामै सुत्केरी सेवा लिने हजाराै भन्दा माथि पुगेका छन् । शल्यक्रियाबाट सुत्केरी सेवा लिनेकै सङ्ख्या समेत बढदै गएकाे छ । प्रसूति सेवाको व्यवस्थाले जनकपुरसम्म जानुपर्ने अवस्था अब हटेको सेवालिनेहरुले बताइरहेका छन ।

सुरुमा २५ शय्याको यो अस्पतालले सेवा विस्तार गर्दै अहिले १०० शय्याबाट सेवा दिँदैछ । अस्पतालमा बहिरङ्ग सेवा, आकस्मिक सेवा, ओपिडी, प्रसूति, शल्यक्रिया, प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, ओसिएमसी, एसएनसियुसहितका सेवा सञ्चालनमा छन् । यसैगरी ओपिडी सेवामा बालरोग, हाडजोर्नी, स्त्री तथा प्रसूति रोग, जनरल सर्जरी (शल्यक्रिया), इण्टरनल मेडिसिन र एमडीजिपी उपचार दिइरहेको डा मनिष कुमार ठाकुरको भनाइ छ ।

अस्पतालले आमा सुरक्षा सेवा स्थापना गरी यसअन्तर्गत यस हस्पिटलमा बाच्चा हुने महिलाहरुकाे निःशुल्क उपचार सेवा दिने गरेको छ । सेवा विस्तार गरिँदै लगिएपछि हस्पिटल रहेकाे नगरक्षेत्रबाहेक जिल्लाकै औरही र भङ्गाहा नगरपालिका,साेनमा गाउँपालिका,सम्सि गाउँपालिका,गाैशाला नगरपालिका लगायत छिमेकी जिल्ला सर्लाहीकाे हरिपूर्वा नगरपालिका ,पर्सा गाउँपालिका,मलगवा लगायत ईश्वरपुरसम्मका बिरामी उपचार लिन आउने गरेका अस्पतालले जनाएको छ । छिमेकका भारत र अन्य स्थानीय तहका गर्दा करिब दुई लाख जनाले यो अस्पतालको सेवा सम्पर्कमा रहेका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष संजय कुमार यादवले बताउनुहुन्छ ।

अस्पतालमा हाल ११विशेषज्ञसहित ६०जना विभिन्न शाखामा कार्यरत स्वास्थ्यकर्मी रहेका छन । हस्पिटलकाे सेवालाई अझ विस्तार गरिँदै गुणस्तरीय भरपर्दो बनाइँदै लगिने हस्पिटल प्रमुख संजय कुमार यादवले बताउनुहुन्छ ।यो अस्पतालले मधेसभरिकै उत्कृष्ट स्थान पाएको छ ।







