Advertisement
ताजा खबर
नेपाल र भारतबिच एकअर्काको भोगचलनमा रहेको जग्गा नापजाँच गर्ने सहमति नेपाली तीर्थयात्री सवार बस भारतमा दुर्घटना, तीन जनाको मृत्यु महोत्तरीका व्यक्ति हुन्डी कारोबारको आशङ्कामा ५१ लाख नगदसहित पक्राउ भूकम्पबाट मृत्यु हुनेको संख्या १८० नाघ्यो, उद्धारकार्य जारी सन्दीप लामिछाने : कठिन समयमा कप्तान, ओडीआई मान्यता जोगाउने चुनौती सोनमा गाउँपालिकामा स्वास्थ्यकर्मी तथा स्वयंसेवकलाई बैग, छाता, डायरी र त्रिपाल वितरण रौतहटमा नदीमा नुहाउन गएका तीन बालबालिका बेपत्ता सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता अख्तियारले थाल्यो दुई पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवहरूको सम्पत्ति अनुसन्धान

महोत्तरीको रूपान्तरणका लागि उज्ज्वल कुमार झाको दीर्घकालीन विकास एजेण्डा : बहुआयामिक योजनासहित प्रधानमन्त्री समक्ष प्रस्ताव

प्रतिक्षा खबर
२०८२ चैत्र २१, शनिबार ११:२६

प्रतिनिधिसभा सदस्य उज्ज्वल कुमार झा ले वर्षौँदेखि ओझेलमा परेका तर जिल्लाको समग्र रूपान्तरणसँग प्रत्यक्ष जोडिएका महत्वाकांक्षी विकास योजनाहरूलाई अघि बढाउन सम्माननीय प्रधानमन्त्री समक्ष विस्तृत प्रस्ताव पेश गर्नुभएको छ । विकासको अभावले पछाडि परेको महोत्तरीलाई समृद्धि र अवसरको केन्द्र बनाउने उद्देश्यसहित उहाँले बहुआयामिक योजना अघि सार्नुभएको हो ।

झाले विशेषगरी जलेश्वरलाई आर्थिक, धार्मिक तथा शैक्षिक केन्द्रको रूपमा विकास गर्ने स्पष्ट दृष्टिकोण प्रस्तुत गर्नुभएको छ। उहाँले प्रस्ताव गर्नुभएको प्रमुख योजनामध्ये जलेश्वरमा सुख्खा बन्दरगाह (ड्राइपोर्ट) निर्माणलाई प्राथमिकतामा राखिएको छ। भारतसँगको नजिकको भौगोलिक अवस्थालाई उपयोग गर्दै व्यापारिक गतिविधि विस्तार गर्ने लक्ष्य राखिएको उक्त योजना कार्यान्वयनमा आएमा महोत्तरी मात्र नभई समग्र मधेश प्रदेशकै आर्थिक गतिविधिमा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ।

यसैगरी, धार्मिक पर्यटन प्रवद्र्धनका लागि जलेश्वरनाथ महादेव मन्दिर लाई ट्रस्टमार्फत व्यवस्थित गरी जलेश्वरलाई पर्यटकीय नगरीको रूपमा विकास गर्ने योजना पनि अघि सारिएको छ। राजा जनकसँग जोडिएको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको यस मन्दिरको संरक्षण र प्रवद्र्धनले आन्तरिक तथा बाह्य पर्यटन बढाउने विश्वास गरिएको छ।

त्यसैगरी, ऐतिहासिक तथा सांस्कृतिक धरोहर मटिहानी मठ को संरक्षण र व्यवस्थित विकास गर्ने योजना पनि प्राथमिकतामा राखिएको छ। यसले धार्मिक पर्यटनसँगै स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने अपेक्षा गरिएको छ।

शिक्षा क्षेत्रतर्फ, मणिपाल इन्जिनियरिङ कलेज स्थापना गर्ने तथा त्रिभुवन विश्वविद्यालय अन्तर्गत रा.वि.म. क्याम्पसलाई आङ्गिक क्याम्पसको रूपमा विकास गर्ने प्रस्ताव अघि सारिएको छ। यसले स्थानीय युवाहरूलाई गुणस्तरीय उच्च शिक्षा प्राप्त गर्ने अवसर उपलब्ध गराउने विश्वास गरिएको छ।

स्वास्थ्य सेवाको सुदृढीकरणतर्फ, काठमाडौको वीर अस्पताल सँगै निर्माण भएको जलेश्वर अस्पताल हाल लथालिङ्ग अवस्थामा रहेको भन्दै त्यसलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा स्तरोन्नति गर्ने योजना प्रस्तुत गरिएको छ। यसबाट जिल्लामा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार हुने अपेक्षा गरिएको छ।

खेलकुद विकासका लागि जलेश्वरमा बहुउद्देश्यीय रंगशाला निर्माण गर्ने, साथै कृषि क्षेत्र सुदृढीकरणका लागि सिँचाइ, नदी नियन्त्रण, तटबन्ध मर्मत तथा पानी निकास व्यवस्थापन जस्ता अत्यावश्यक योजनाहरूलाई पनि प्राथमिकताका साथ अघि सारिएको छ।

उक्त योजनाहरू कार्यान्वयनमा आएमा महोत्तरीको आर्थिक, सामाजिक र पूर्वाधार विकासमा ठूलो परिवर्तन आउने विश्वास स्थानीयवासीले व्यक्त गरेका छन्। लामो समयदेखि ओझेलमा परेका यी योजनाहरूलाई पुनः उठान गरी कार्यान्वयनतर्फ अघि बढाउने पहललाई जिल्लावासीले गौरवको विषयका रूपमा लिएका छन्।

झाको विकासप्रतिको स्पष्ट दृष्टिकोण र सक्रियताले महोत्तरीका जनतामा नयाँ आशा र उत्साह जागृत भएको छ। स्थानीयवासीहरू अब यी योजनाहरू छिट्टै कार्यान्वयनमा जाने अपेक्षासहित सकारात्मक प्रतीक्षा गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर