Advertisement
ताजा खबर
सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी बजार अनुगमनको शैलीप्रति जलेश्वरका व्यवसायी असन्तुष्ट, अनुगमन कि व्यवसायीमाथि दबाब <

☰

वैदेशिक रोजगारका ठगहरूलाई सरकारले संरक्षण गरेको छ : प्रभु साह

प्रतिक्षा खबर
२०८१ भाद्र ५, बुधबार २०:३६

रौतहट । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले वैदेशिक रोजगारका ठगहरूलाई सरकारले संरक्षण गरेको आरोप लगाएका छन् ।

रौतहटको छतौना र विश्रामपुरमा बुधबार आजपा नगर कमिटीद्वारा आयोजित “वैदेशिक रोजगारका ठगलाई सरकारले कारबाही गर्छ कि संरक्षण ?” विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले वैदेशिक रोजगारका ठगहरूलाई कारबाही नगरी सरकारले संरक्षण गरेको बताए ।

‘गाउँका गरिब युवाहरू रोजगारका लागि बिदेसिन बाध्य छन् । मुलुकमै रोजगार दिन नसकेको सरकारले वैदेशिक रोजगारको नाममा भइरहेको लुट धन्दालाई संरक्षण दिएको छ,’  अध्यक्ष साहले भने, ‘नेपालमा स्वास्थ्य परीक्षण गरी वैदेशिक रोजगारमा जाने युवाको विदेशमा मृत्यु हुन्छ । उनीहरूको लास नेपाल आउँछ । यहाँ बलियो, स्वास्थ्य रहेका युवाको विदेशमा मृत्यु कसरी हुन्छ ? यहाँ एउटा काम भन्ने त्यहाँ अर्को काममा लगाउने । फ्री टिकट फ्री भिसा भन्ने तर मोटो रकम लिएर विदेश पठाउने । अलपत्र पार्ने, यस्ता भ्रष्ट र लुटेरालाई कारबाही नगरी सरकारले संरक्षण गर्ने काम भइरहेको छ ।’

केही म्यानपावर कम्पनीसँग मिलेर सरकारले मानव तस्करीको काम गरिरहेको समेत अध्यक्ष साहले आरोप लगाए । सरकारमा सहभागी दलका नेताले कमिसनमा गैरकानुनी काम गरिरहेको बताउँदै उनले सरकारकै संरक्षणमा म्यानपावर कम्पनीहरूले मानव तस्करी र लूट धन्दा चलाएर गरिब युवाहरूलाई लुटिरहेको बताए ।

कार्यक्रममा सहभागीहरूले वैदेशिक रोजगारका ठगहरूलाई सरकारले नै पालिरहेको निष्कर्ष सहित पीडितलाई न्याय दिलाउन जस्तो सुकै आन्दोलन गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर