Advertisement
ताजा खबर
बाँध भत्किएपछि जलेश्वर जलमग्न सर्पले टाेकेपछी अस्पताल पुगे, उचित उपचार नपाउँदा ज्यान गुमाए मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन

☰

गजेन्द्रनारायण सिंह अस्पतालमा दरबन्दी रहेका पाँच चिकित्सकको काज फिर्ता

प्रतिक्षा खबर
२०८२ चैत्र १७, मंगलवार १७:२३

१७ चैत, सप्तरी । गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा दरबन्दी रहेर अन्य अस्पतालमा काजमा खटिएका पाँच चिकित्सकको काजफिर्ता गर्ने निर्णय भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राजविराज अस्पतालमा दरबन्दी भएका चिकित्सकलाई सम्बन्धित क्षेत्रमा फर्किनेगरी काजफिर्ताको निर्णय गरेको हो ।

यहाँ दरबन्दी भएका नाक, कान घाँटी (ईएनटी) सर्जन वरिष्ठ कन्सल्टेन्ट डा. रोहित बज्राचार्य, कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट डा. जोशनलाल बज्राचार्य, कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट डा. विशालकुमार देव, कन्सल्टेन्ट रेडियोलोजिस्ट डा. प्रकाश ढकाल र कन्सल्टेन्ट साइक्याट्रिस्ट डा. सुशील समदर्शी काजमा अन्य क्षेत्र गएका छन् ।

डा. रोहित भरतपुर अस्पताल चितवन, डा. जोसनलाल मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय कोशी प्रदेशअन्तर्गत, डा. विशालकुमार कोशी अस्पताल विराटनगर, डा. प्रकाश मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय लुम्बिनी प्रदेशअन्तर्गत र डा. सुशील मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय कर्णाली प्रदेशअन्तर्गतमा काजमा गएको अस्पतालस्रोतले बतायो ।

काजमा लामो समय बाहिर गएका चिकित्सककाे काज फिर्ता भएपछि अस्पतालको सेवामा सुधार हुने स्थानीयवासीको अपेक्षा छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर