Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

सीडीओको निर्णयकाे धजिया उडाउदै धनुषाका शक्तिपीठमा बोका बली चढ्दै

प्रतिक्षा खबर
२०७७ कार्तिक ८, शनिबार १८:२५

नितेश यादव
जनकपुरधाम, कात्तिक ८ गते ।
धनुषाका केही शक्तिपीठमा प्रशासनको निर्णयलाई अवज्ञा गर्दै बोका बली दिदै आएको छ । विजयादशमीको महाअष्टमीका दिन प्रत्येक वर्ष दूर्गा भगवती तथा राजदेवी मन्दिरमा चढाइने बोका बली यो वर्ष कोरोना महामारीका कारण जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधामका मुख्य शक्तिपीठ राजदेवी मन्दिर लगायत जिल्लाका सबै शक्तिपीठहरुमा नचढ्ने निर्णय गरेपनि धनुषाका कतिपय शक्तिपीठमा बोका बली दिइएको देखिएको छ ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिकास्थित रमदैया भवाडीमा रहेको राजदेवी मन्दिरमा एका बिहानैदेखि बोका बलि चढाउनेहरुकाे भिड देखिएको छ । शनिबार रमदैयाको राजदेवी मन्दिरमा बोका बली दिन जिल्लाका विभिन्न स्थानबाट सयौंको संख्यामा श्रद्धालु भक्तजनको भिडभाड रहेको थियोे ।
शनिबार बिहानैदेखि बस, ट्याक्टर, जीप र मोटरसाइकल सहितको गाडीमा चढेर आएका श्रद्धालु भक्तजनले बोका बली दिनका लागि लाइनमा बसेको बताइएको छ । रमदैया भवाडीस्थित राजदेवी मन्दिरको अगाडिमै रहेको ढल्केवर-जनकपुर सडकखण्ड बोका बलीले रगतमय बनेको छ । बोका बलीले सडक रगतमय बनेकोले मन्दिर दर्शन गर्न जाने भक्तजनलाई हिडडुल गर्न समेत असहज भइरहेको छ ।
त्यस्तै, जनकपुरधामको मुख्य शक्तिपीठ राजदेवी मन्दिर समितिले पनि बोका बली चढाउने तयारीमा रहेको छ । अहिले प्रशासनले आदेश दिएको छैन, भोलि ११ बजेदेखि चढाउने तयारीमा रहेको छु ।
यता, जिल्ला प्रशासन कार्यालय धनुषाले झण्डै एक हप्ता अगाडि सूचना जारी गर्दै यस वर्ष धनुषाका सबै शक्तिपीठमा बोका बली नचाढाइने निर्णय गरेको थियोे ।
गृह मन्त्रालयले गरेको निर्णय अनुसार नै धनुषाका सबै शक्तिपीठहरुमा भीडभाड गरेर पूजापाठ नगर्न आग्रह गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी गराएका थिए ।
कोरोना संक्रमणलाई मध्यनजर गर्दै सीडीओ भट्टराईले जनकपुरका मुख्य राजदेवी मन्दिरमा बोकाको सट्टा कुभिण्डो बलि चढाइ क्षमा पूजा गर्न आग्रह गरेका थिए । तर, सोही निर्णयलाई अवज्ञा गर्दै जिल्लाका विभिन्न शक्तिपीठहरुमा बली चढाउने कार्य शुरुभइसकेका छन ।
टुडेपाटी डटकम

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर