Advertisement
ताजा खबर

सत्तारुढ दलहरूको बैठकमा उपेन्द्र यादव पनि सहभागी

प्रतिक्षा खबर
२०८१ चैत्र १३, बुधबार १२:४८

काठमाडौं, चैत १३ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव सत्तारुढ दलहरूको बैठक उपस्थित भएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा जारी बैठकमा यादव सहितका नेताहरू सहभागी छन् । मंगलबार पनि सत्तापक्षको बैठक बस्ने तय भएको थियो । तर, उक्त बैठकमा उपेन्द्र यादव उपस्थित भएका थिएनन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार समसामयिक राजनीतिको विषयमा छलफल गर्न सत्तापक्षको बैठक बसेको हो ।

बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरू उपस्थित छन् ।

जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी, लोकतान्त्रिक समावादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुर, जसपा अध्यक्ष अशोक राई लगायतका नेताहरू सहभागी छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर