Advertisement
ताजा खबर
तीन वर्षमा एक हजार ३१८ सुरक्षाकर्मीले गुमाए ज्यान महाेत्तरी क्षेत्र नं ४ का जनताहरु पूर्व सांसद काैशल कुमार यादवकाे न्यायकाे पर्खाइमा बाँध भत्किएपछि जलेश्वर जलमग्न सर्पले टाेकेपछी अस्पताल पुगे, उचित उपचार नपाउँदा ज्यान गुमाए मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष

☰

युक्रेनले अहिलेसम्मकै ठुलो ड्रोन आक्रमण गरेको रुसको दाबी

प्रतिक्षा खबर
२०८१ भाद्र ५, बुधबार २१:१८

मस्को । गएको साढे २ वर्षभन्दा बढी समयदेखि रुस–युक्रेनबिच युद्ध चलिरहेको छ । युद्धबाट यी दुवै देश पछाडि हट्न तयार छैनन् ।

हालैका दिनमा रुसी भूभागमा युक्रेनी सेनाको घुसपैठको खबरहरू आइरहेका छन् । यसैबिच युक्रेनले रुसमाथि अहिलेसम्मकै सबैभन्दा ठुलो ड्रोन आक्रमण गरेको बताइएको छ । रुसी रक्षा बलका अधिकारीहरूले रुसको राजधानी मस्को क्षेत्रमा मात्रै ११ ड्रोन नष्ट गरेको आरोप लगाएका छन् । देशैभरि रातारात ४५ ड्रोन खसालेका रुसले बताएको छ ।

अधिकारीका अनुसार ४५ ड्रोनमध्ये ११ वटा मस्कोमा, २३ वटा ब्रायान्स्कको सीमा क्षेत्रमा, ६ वटा बेल्गोरोड क्षेत्रमा, तीन वटा कालुगामा र दुई वटा कुस्र्क क्षेत्रमा नष्ट गरिएको छ । केही ड्रोनहरू पोडोल्स्क सहरमा ध्वस्त भएको मस्कोका मेयर सर्गेई सोब्यानिनले बताए । मस्कोमा आक्रमणको यो अहिलेसम्मकै ठुलो प्रयास भएको उनको भनाइ थियो । मस्कोको तहगत प्रतिरक्षा प्रणालीका कारण ड्रोन आक्रमणलाई सफलतापूर्वक विफल पार्न सकिएको पनि उनले बताए ।

यी आक्रमणमा कोही पनि घाइते नभएको बताइएको छ । ड्रोन आक्रमणका कारण मस्कोको भानुकोभो, डोमोडेडोभा र झुकोवस्की विमानस्थलमा चार घण्टासम्म उडान प्रभावित भएको थियो ।

अगस्ट ६ मा मस्कोले किभमाथि हमला गर्न पश्चिमी रकेट प्रयोग गरेको आरोप रुसले लगाएको थियो । उनले कुस्र्क क्षेत्रको सेम नदीस्थित पुलमा पश्चिमी हतियारले निशाना बनाएको बताए । युक्रेनी सेनाले पश्चिमी रुसको भूभागमा आफ्नो घुसपैठ बढाइरहँदा दुई देशबिच तनाव बढ्दै गएको छ । दुवै तर्फबाट लगातार आक्रमण भैरहेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर