Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

युक्रेनले अहिलेसम्मकै ठुलो ड्रोन आक्रमण गरेको रुसको दाबी

प्रतिक्षा खबर
२०८१ भाद्र ५, बुधबार २१:१८

मस्को । गएको साढे २ वर्षभन्दा बढी समयदेखि रुस–युक्रेनबिच युद्ध चलिरहेको छ । युद्धबाट यी दुवै देश पछाडि हट्न तयार छैनन् ।

हालैका दिनमा रुसी भूभागमा युक्रेनी सेनाको घुसपैठको खबरहरू आइरहेका छन् । यसैबिच युक्रेनले रुसमाथि अहिलेसम्मकै सबैभन्दा ठुलो ड्रोन आक्रमण गरेको बताइएको छ । रुसी रक्षा बलका अधिकारीहरूले रुसको राजधानी मस्को क्षेत्रमा मात्रै ११ ड्रोन नष्ट गरेको आरोप लगाएका छन् । देशैभरि रातारात ४५ ड्रोन खसालेका रुसले बताएको छ ।

अधिकारीका अनुसार ४५ ड्रोनमध्ये ११ वटा मस्कोमा, २३ वटा ब्रायान्स्कको सीमा क्षेत्रमा, ६ वटा बेल्गोरोड क्षेत्रमा, तीन वटा कालुगामा र दुई वटा कुस्र्क क्षेत्रमा नष्ट गरिएको छ । केही ड्रोनहरू पोडोल्स्क सहरमा ध्वस्त भएको मस्कोका मेयर सर्गेई सोब्यानिनले बताए । मस्कोमा आक्रमणको यो अहिलेसम्मकै ठुलो प्रयास भएको उनको भनाइ थियो । मस्कोको तहगत प्रतिरक्षा प्रणालीका कारण ड्रोन आक्रमणलाई सफलतापूर्वक विफल पार्न सकिएको पनि उनले बताए ।

यी आक्रमणमा कोही पनि घाइते नभएको बताइएको छ । ड्रोन आक्रमणका कारण मस्कोको भानुकोभो, डोमोडेडोभा र झुकोवस्की विमानस्थलमा चार घण्टासम्म उडान प्रभावित भएको थियो ।

अगस्ट ६ मा मस्कोले किभमाथि हमला गर्न पश्चिमी रकेट प्रयोग गरेको आरोप रुसले लगाएको थियो । उनले कुस्र्क क्षेत्रको सेम नदीस्थित पुलमा पश्चिमी हतियारले निशाना बनाएको बताए । युक्रेनी सेनाले पश्चिमी रुसको भूभागमा आफ्नो घुसपैठ बढाइरहँदा दुई देशबिच तनाव बढ्दै गएको छ । दुवै तर्फबाट लगातार आक्रमण भैरहेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर