Advertisement
ताजा खबर

मटिहानीको राम मा बि मा १०७ जना छात्राहरुलाई साईकल बितरण

प्रतिक्षा खबर
२०७८ श्रावण ३०, शनिबार १५:५१

गोपाल झा
महोत्तरी साउन ३० गते महोत्तरी जिल्लाको मटिहानी नगरपालिकामा रहेको राम माध्यमिक विद्यालय मटिहानिमा आज साईकल वितरण गरिएको छ । बेटी पढाउँ बेटी बचाउँ कार्यक्रम अन्तर्गत प्रदेश नं. २ सरकार द्वारा कक्षामा अध्ययनरत छात्राहरुलाई साईकल प्रदान गर्ने कार्यक्रम अन्तर्गत सो मा.वि.मा अध्ययनरत १०७ एक सय सात जना छात्राहरुलाई साईकल वितरण गरिएको कुरा दिनेश यादवले बताउनु भयाे । यसै वीच मटिहानी नगरपालिकाका प्रमुख हरि प्रसाद मण्डलले आज विद्यालयमा आयोजित एक समारोह वीच छात्राहरुलाई साईकल वितरण गर्नु भयो ।सो अवसरमा उहाँले साईकल वितरणले छात्राहरुमा शिक्षा प्रति उत्साह जागिने कुरा
बताउनु भयो ।
साईकल वितरण कार्यक्रममा वडा नं. ६ का वडा अध्यक्ष रामबाबु नायक, वडा नं. ८ का वडा अध्यक्ष गणेश प्रसाद, माटिहानी गा.वि.स. पूर्व उपाध्यक्ष उपेन्द्र प्रसाद चौधरी, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य विजय कुमार साह, महोत्तरी उद्योग वाणिज्य संघका अध्यक्ष मोहन प्रसाद गुप्ता, उमाशंकर साह ने.क.पा. माओबादी केन्द्र, बैद्यनाथ मण्डल, रा.स.मा.वि.का प्र.अ.ईश्वरी पौड्याल, लक्ष्मण उपाध्याय लगायतका सहभागीता रहेका थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर