Advertisement
ताजा खबर
जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन् उद्योगमन्त्री यादवले दिइन् राजीनामा औरही नगरपालिकाद्वारा ४० जना छात्रालाई साइकल वितरण उपेन्द्र यादव भन्छन्- रास्वपा सरकारमा आएपछि सुशासन झन् हरायो अग्रगामी मोर्चाको पहिलो मधेश प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम जनकपुरधाममा

द सहारा’ सहकारीको बेसहारा बनाउने एम्वुलेन्स धन्धा

प्रतिक्षा खबर
२०८१ चैत्र १३, बुधबार १२:०४

मलंगवा, चैत १३ । द सहारा लोन सेभिङ्ग को–अपरेटिभ सोसाइटि लिमिटेडले विभिन्न दातृ निकायवाट पाएका एम्वुलेन्सहरु बिक्री गरेको आरोप लागेको छ । प्रधान कार्यालयम मलंगवामा रहेको द सहारा मुलुकको विभिन्न शहरहरुबाट आफ्नो सेवा प्रदान गर्दै आई रहेको छ ।

विभिन्न दातृनिकाय तथा नेपाल सरकारबाट राजस्व छुट पाएका पाँच वटा एम्वुलेन्स चालकहरुबाट नै बिक्री गरेको छ । द सहाराले दातृ निकायहरुलाई दिएको प्रपोजलमा भनिएको छ कि यस संस्थामा आवद्ध भएका सेयर सदस्यहरुलाई सेवा प्रदान गर्न एम्वुलेन्स चाहियो । तर, धनुषाको खजुरी र जनकपुरधामको बाह्र विघा मैदानमा सो एम्वुलेन्स पाउन सकिन्छ ।

धनुषाको खजुरी र जनकपुरधामको बाह्रविघा मैदानमा रहेको दुवै एम्वुलेन्स द सहाराकै रहेको तर, ड्राइभरको हातमा बिक्री भई सकेको स्रोतको दावी छ ।

सहकारीको र्सवमान्य सिद्धान्त, मुल्य र मान्यतालाइ शिरोपर गर्दै, विभिन्न धर्म, संस्कृति, जातजाती, पेशा तथा व्यवसायमा आवद्ध व्यक्ति एवं समुदायहरुलाइ ऐक्यवद्ध गर्दै,स्वबलम्बी, मितव्ययी र आत्मनिर्भर बनाउन नियमीत रुपले बचत गर्ने बानीको बिकास गर्न, संकलित बचतलाइ उत्पादनशील क्षेत्रमा लगानी गर्न सदस्यहरुलाइ प्रेरीत गर्दै शेयर सदस्य महानुभावहरुलँइ समाज र समुदायमा सरल र सहज तरिकाले आधुनिक र व्यवस्थीत जीवनयापनमा सहयोग पु¥याउने उद्धेश्यले २०५१ साल चैत्र १३ गते द सहारा लोन सेविंग्स को–अपरेटिभ सोसाइटी लिमिटेड को स्थापना गरिएको हो ।

जनता यस को–अपरेटिभ माथि विश्वास पनि गर्ने गरेका छन् तर, एम्बुलेन्स बिक्री वितरण गरेर जनता र सरकारलाई ढाड्ने काम गरेको छ ।

गरीवी समस्या होइन, अवस्था हो । सहकारीको भावना र मर्मलाइ आत्मसाथ गर्दै पूजी निर्माण र त्यसको परिचालन एवं रोजगारीमा निम्न आय स्तर भएकाहरुको पहुंच पु¥याउने र गरीवीको यो विकराल अवस्थालाई न्युनिकरण गर्दै निवारण गर्नमा व्यवस्थीत रुपमा सहयोग पु¥याउनु यो संस्थाले उद्देश्य राखे पनि जनतालाई मात्र नभई सरकारसंग पनि धोकाधरी भएको स्थानीयहरु बताउँछन् ।

मुख्य कार्यालय मलंगवामा रहेको यस को–अपरेटिभले लहान (सिरहा), हरिवन (सर्लाही), जनकपुरधाम (धनुषा), कलैया(बारा), ईटहरी(सुनसरी), बरहथवा(सर्लाही), जलेश्वर (महोत्तरी), धरान (सुनसरी), वीरगञ्ज(पर्सा), दमक (झापा), हेटौडा (मकवानपुर), गौर (रौतहट), इश्वरपुर (सर्लाही), गरुडा (रौतहट), गाईघाट (उदयपुर) र कञ्चनपुर (सप्तरी)मा सेवा केन्द्र स्थापना गरी सेवा प्रदान गर्दै आएका छन् ।

यसै सेयरधनीहरुलाई देखाएर द सहाराले सरकारबाट विभिन्न समयमा राजस्व छुटमा ती एम्वुलेन्सहरु खरिद गरेर बढी रकम लिएर सर्वसाधारणको हातबाट बेचेको आरोप द सहारामाथि छ ।

‘द सहारा’ का महाप्रवन्धक नागेन्द्र चौधरीले हामी संग अहिले दुई वटा एम्वुलेन्स रहेको र अन्य विभिन्न स्वास्थ्य क्षेत्रका संघ संस्थालाई प्रदान गरेको बताए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर