Advertisement
ताजा खबर
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

☰

जसपामा मन्त्री छान्ने जिम्मा ३ नेतालाई

प्रतिक्षा खबर
२०७८ श्रावण १३, बुधबार २०:२५

१३ साउन, काठमाडौं । जनता समाजवादी पार्टीले सरकारमा सहभागी हुने नेताको टुंगो लाउने जिम्मा पार्टीका शीर्ष तीन नेतालाई दिने भएको छ ।
बुधबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले मन्त्री चयन गर्ने जिम्मा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष डा. बाबुरा भट्टराई र वरिष्ठ नेता अशोक राईलाई दिने समझदारी भएको एक नेताले जानकारी दिए ।
बैठकमा धारणा राख्ने नेताहरुले मन्त्री छान्दा समावेशी सिद्धान्तलाई ख्याल गर्नुपर्ने बताएका छन् । उनीहरुले पूर्वपार्टीको लिगेसी पनि हेरेर राम्रो काम गर्न सक्ने नेता छनोट गर्नुपर्ने सुझाव दिएका छन् । स्रोतका अनुसार जसपामा सरकारमा कसको नेतृत्वमा जाने भन्ने विषयमा पनि विवाद छ । कार्यकारिणी समितिका केही नेताले अध्यक्ष उपेन्द्र यादवकै नेतृत्वमा जानुपर्ने धारणा राखेका थिए भने केहीले यसअघि मन्त्री नभएकाहरुलाई पठाउनुपर्ने धारणा राखेका छन् ।
बुधबारको बैठकले जसपासँग एकीकरण भएको नेपाल लोकतान्त्रिक पार्टीको शिवलाल समूहका अध्यक्ष शिवलाल थापालाई कार्यकारिणी समितिमा थप गरेको छ ।
त्यस्तै केन्द्रीय समिति सदस्यहरुको नमावली अध्यावधिक गर्न मृगेन्द्र सिं यादव, रेणु यादव, गंगा श्रेष्ठ, गजाधर यादव र रमेश यादव रहने गरी ५ सदस्यीय कार्यदल बनाएको छ । कार्यदललाई साउन १७ गतेभित्र काम सक्नुपर्ने जिम्मेवारी दिइएको छ ।

अनलाइनखबर

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर