Advertisement
ताजा खबर
उपेन्द्र यादव भन्छन्- रास्वपा सरकारमा आएपछि सुशासन झन् हरायो अग्रगामी मोर्चाको पहिलो मधेश प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम जनकपुरधाममा इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि २०९ अन्तर्राष्ट्रिय उडान प्रभावित बाढीमा पुरिएको घरबाट एक महिलाको उद्धार अपर त्रिशूली-१ को सुरुङबाट एक चिनियाँ नागरिकको उद्धार एघारौं दिनसम्म सुरुङ र घरबाट ४ जनाको जीवित उद्धार, खोजी कार्य तीव्र मोरङ कारागारभित्र झडप, १९ कैदीबन्दी निकालियो २९ देशबाट आइसक्यो आपत्‌कालीन राहत र आर्थिक सहयोग त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका २ जनाको परिचय खुल्यो सुरुङभित्रबाट थप एक जनाको जीवितै उद्धार

प्रदेश २ मा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो

प्रतिक्षा खबर
२०७७ श्रावण २७, मंगलवार १९:३८

प्रतीक्षा खबर
२७ साउन, रामगाेपालपुर
प्रदेश २ मा कोरोना संक्रमितको संख्या ६ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप १७४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेश २ मा संक्रमितको संख्या ६ हजार ६८ पुगेको हो ।
पछिल्लो २४ घण्टामा सबैभन्दा बढी पर्सामा ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी रौतहटमा ४०, सर्लाहीमा २१, धनुषामा १८, महोत्तरीमा १०, सिरहामा ९, बारामा ७ र सप्तरीमा ४ जना संक्रमित फेला परेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए ।
मंगलबार संक्रमित देखिनेमा जनकपुरधास्थित मुक्तिनाथ बैंकमा कार्यरत २ महिलासहित ६ जना कर्मचारी छन् भने एनबी बैंकका एकजना कर्मचारीमा पनि संक्रमण पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश २ का ८ जिल्ला मध्ये रौतहट सबैभन्दा बढी कोरोना संक्रमित भेटिएको जिल्ला हाे । रौतहटमा अहिलेसम्म १ हजार ३२७ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यसपछि कोरोनाबाट बढी प्रभावित जिल्ला पर्सा रहेको छ । पर्सामा अहिलेसम्म १ हजार १०३ जनामा संक्रमण देखिएको छ । तेस्रो प्रभावित जिल्ला महोत्तरी रहेको छ । महोत्तरीमा ९ सय २ जना संक्रमित फेला परेका छन् ।
यसैगरी धनुषामा ८ सय ६९, सर्लाहीमा ८ सय २७, सप्तरीमा ५ सय ५८, बारामा २ सय ४५ र सिराहामा २ सय ३२ जनामा संक्रमण पुष्टि भइसकेको छ ।
यस्तै भारत, काठमाडौं, कैलाली र रुपन्देहीबाट आएर संक्रमित हुनेको संख्या ५ रहेको मन्त्रालयले जनाएको छ ।
प्रदेश २ मा ३० जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार सबैभन्दा बढी पर्सा जिल्लामा १९ जनाको मृत्यु भएको छ । धनुषामा ३ जनाको मृत्यु भएको छ भने सप्तरी, रौतहट र बारामा २/२ तथा सिरहा र महोत्तरीमा १/१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
मंगलबार २९ जना कोरोना संक्रमित डिस्जार्च भएका छन् । धनुषामा २१ र सप्तरीमा ८ जना डिस्जार्च भएका हुन् । योसँगै प्रदेश २ मा डिस्जार्च हुनेको संख्या ३ हजार ४ सय १२ पुगेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर