Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

चुनावकै दिन मतपेटिका ढुवानी गर्न सरकारलाई निर्वाचन आयोगको आग्रह

प्रतिक्षा खबर
२०८१ मंसिर ३, सोमबार १९:१५

३ मंसिर, काठमाडौं । निर्वाचन आयोगले १६ मंसिरमा स्थानीय तह उपनिर्वाचनमा मतदान सकिएपछि त्यसै दिन मतपेटिका ढुवानी व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ ।

सोमबार निर्वाचन आयुक्त सगुनशमशेर जबरा संयोजकत्वमा रहेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले मतदान भएकै दिन मतपेटिकाहरू सुरक्षित रुपमा मतगणनास्थलसम्म ढुवानी र सुरक्षा गर्ने व्यवस्था मिलाउन गृह मन्त्रालयमार्फत् जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएको छ ।

समितिले १३ मंसिरको राति १२ बजेदेखि प्रचार प्रसार निषेध अवधिमा पालना गर्नुपर्ने आचारसंहिताको पूर्ण पालना गर्न गराउन प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायहरूलाई निर्देशन दिने निर्णय पनि गरेको आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले विज्ञप्तिमार्फत जानकारी दिएकी छन् ।

उपनिर्वाचनको दिन चुनाव हुने स्थानीय तहसँग जोडिएका राष्ट्रिय राजमार्गमा सार्वजनिक यातायात सञ्चालनको व्यवस्था मिलाउन र निर्वाचनको स्वच्छतामा असर नपर्ने गरी मतदाता आवागमन सहज गर्न पनि आयोगले सरकारलाई आग्रह गरेको छ ।

१६ मंसिरमा विभिन्न १३ जिल्लाका ४४ स्थानीय तहमा उपनिर्वाचन हुँदैछ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर