Advertisement
ताजा खबर
२ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण

☰

ओलीको लापरवाहीका कारण कमला नदीको तटबन्ध भत्किने अवस्थामा :नेकपामाओवादी केन्द्रका स्थायी कमिटी सदस्य मातृका यादव

प्रतिक्षा खबर
२०७८ श्रावण ७, बिहीबार १९:५४

जनकपुरधाम, साउन ७ गते ।
नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य मातृकाप्रसाद यादवले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको लापरवाहीका कारण कमला नदीको तटबन्ध भत्किने अवस्थामा पुगेको आरोप लगाएका छन् ।
कमला नदीले कटान गर्न थालेपछि स्थलगत निरीक्षणका लागि आएका यादवले बाँध निर्माण कार्यको अगुवाई गर्दै विगतमा सरकारले ध्यान नदिएका कारण यो अवस्था आएको आरोप लगाए ।
उनले स्थानीयवासी समक्ष कुरा गर्दै ओली सरकारमा आफू मन्त्री रहेका बखत कमला नदीको तटबन्ध गर्न आफूले पटकपटक ओलीलाई आग्रह गरे पनि बेवास्ता गरिएको आरोप लगाए ।
‘तत्कालीन प्रधानमन्त्री ओलीसमक्ष कमला नदी कटानबाट हुने जोखिम नियन्त्रणका लागि बजेट छुट्याउन माग गरेको थिएँ,’ उनले भने, ‘तर ओलीले बेवास्ता गर्दा अहिले कमला क्षेत्रमा जुनसुकै समय बाँध फुट्ने अवस्था आएको छ ।
यादवले अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसाललाई कमला नदीको कटान र बढ्दो जोखिमबारे जानकारी गराएर बजेटको व्यवस्था गर्न आग्रह गरिसकेका छन् ।
धनुषा–सिरहाको सीमाना पर्ने कमला नदीको बाढीले धनुषातर्फको बाँध कटान गर्न थालेपछि धनुषाका पूर्वी क्षेत्रका गाउँहरू जोखिममा परेका छन् । कटान बढ्दै गएपछि पूर्वमन्त्री यादव स्वयम् स्थलगत निरीक्षणमा पुगेका हुन् । उनको अग्रसरतामा हाल बाँध निर्माण कार्य भइरहेको छ ।
पूर्वमन्त्री यादवले धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला र कमला नदी नियन्त्रण आयोजना कार्यालयका प्रमुख एकराज भट्टराईलाई प्रभावित क्षेत्रको निरीक्षण गरी कटान नियन्त्रणका लागि काम गर्न निर्देशन दिएका थिए ।
सोही अनुसार कमला नदीमा तटबन्ध निर्माणको काम थालिएको छ । बाँध निर्माण कार्यमा नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयवासी समेत सहभागी भएका छन् ।
गत सोमबार राति कमला नदीमा आएको बाढीले सबैला नगरपालिका–१३ स्थित किरतपुरमा नदीको पश्चिमतर्फको बाँध कटान भएपछि समस्या उत्पन्न भएको हो । बाढीका कारण नदीको ६ सय मिटर बाँधसमेत जोखिममा परेको छ । बाढीका कारण हुनसक्ने सम्भावित जोखिमबाट स्थानीयहरुलाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।
केही दिन यता नदी नियन्त्रणको प्रयासस्वरुप बाँध बाँध्ने कार्य भईरहेको कमला नदी नियन्त्रण आयोजना कार्यालयका प्रमुख एकराज भट्टराईले जनाएका छन् ।
टुडेपाटी डटकम

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर