Advertisement
ताजा खबर
कक्रोच जनता पार्टीको ३६ दिने आन्दोलनपछि भारतीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा ई हमर घर मात्रे टा नै अछि, ई हमर जडि़, ई हमर बचपनाक स्मृति अछि आ हमर संस्कारक जीवित इतिहास अछि मधेश सरकारको सञ्चार नीतिप्रति साङ्गठनिक विरोध: एकपक्षीय निर्णय र संस्था समाप्त पार्ने खेल रोकियोस् सोनम वाङचुकले तोडे २६ दिने अनशन सर्लाहीको नारायणपुर नाकाबाट भारततर्फ लैजान लागिएको मदिरा बरामद दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप जानकी मन्दिरबाट लखेटिए हर्क साम्पाङका कार्यकर्ता एकडारा गाउँपालिकामा नियमित खोप सेवा अब वडा नं. १ का चार स्थानबाट, जन्मदेखि २३ महिनासम्मका बालबालिकाले पाउने सुविधा समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक राप्रपा सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा २ जना पक्राउ

विमान दुर्घटना हुँदा १७९ जनाको मृत्यु, २ जनाको उद्धार

प्रतिक्षा खबर
२०८१ पुष १४, आईतवार ११:३५

१४ पुस, काठमाडौं । दक्षिण कोरियामा आज बिहान भएको विमान दुर्घटनामा १७९ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।

विमानमा सवार १८१ जनामध्ये महिलाको जीवितै उद्धार गरिएको थियो । उनीहरु एक जना चालक दलका सदस्य र एक जना यात्रु हुन् ।

दुर्घटनालगत्तै अग्नि नियन्त्रकसहितका उद्धारकर्ताले उनीहरुको उद्धार गरेका थिए । उनीहरुको उपचार मोकपो अस्पतालमा भइरहेको छ ।

उनीहरुबाहेक अरु कोही पनि जीवित फेला नपरेको अधिकारीहरुलाई उद्धृत गर्दै योनहाप समाचार एजेन्सीले जनाएको छ ।

थाइल्याण्डको बैंककबाट आएको जेजु एयरको विमान दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा दुर्घटना भएको थियो । विमानमा चालक दलका ६ सदस्यसहित १८१ जना थिए । उनीहरुमध्ये दुई जना थाइल्याण्डका र अरु सबै दक्षिण कोरियाका थिए ।

विमान दुर्घटनाको कारण खुलिसकेको छैन । तर विमान धावनमार्गमा चिप्लिएर बारमा ठोक्किएको थियो । त्यसपछि विमानमा आगो लागेको थियो ।

विमान दुर्घटना दक्षिण कोरियाको जेओला प्रान्तको मुआन काउन्टीस्थित मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हो । यो विमानस्थल राजधानी सियोलबाट २८८ किलोमिटर दक्षिण पश्चिममा पर्दछ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर