Advertisement
ताजा खबर
भ्रष्टाचार मुद्दामा मधेशका सांसद कुशवाहा दोषी ठहर : ४ वर्ष कैद र साढे ३८ लाख जरिवाना रवि लामिछाने र भारतीय गृहमन्त्री अमित शाहबीच आज भेटवार्ता हुने वीरगञ्जका मेयरसँग अदालतले माग्यो ४ लाख १५ हजार धरौटी वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी
भ्रष्टाचार मुद्दामा मधेशका सांसद कुशवाहा दोषी ठहर : ४ वर्ष कैद र साढे ३८ लाख जरिवाना रवि लामिछाने र भारतीय गृहमन्त्री अमित शाहबीच आज भेटवार्ता हुने वीरगञ्जका मेयरसँग अदालतले माग्यो ४ लाख १५ हजार धरौटी वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी

एकताका लागि माओवादीको निर्णय कुर्दै विप्लव र महिन्द्र

प्रतिक्षा खबर
२०८१ आश्विन ३०, बुधबार १९:२६

काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र नेपाल समाजवादी पार्टीबाट विद्रोह गरेको महिन्द्र राय यादव समूह नेकपा माओवादी केन्द्रसँग एकताका लागि सो पार्टीको केन्द्रीय समिति बैठकको निर्णय कुरेर बसेका छन् ।

विप्लवको पार्टी र यादव समूहले ६ महिनाअघि नै माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय गरेपनि हालसम्म एकताले मूर्तरूप लिन सकेको छैन । माओवादीले संस्थागत निर्णय नगर्दा एकता प्रक्रियाले मूर्तरूप लिन नसकेको बताइएको छ ।

अब एकताका लागि धेरै समय पर्खाउन नहुने माओवादीका नेताहरूले बताउन थालेका छन् । केन्द्रीय समिति बैठक बस्नुअघि माओवादीले पदाधिकारी, स्थायी समिति र प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त परामर्श बैठक सम्पन्न गरिसकेको छ । यी बैठकमा पार्टी एकतामा आउन चाहने दलहरूलाई धेरै समय पर्खाउन नहुने धारणा राखेका थिए । पार्टी उपमहासचिव हरिबोल गजुरेलले तिहारअघि बस्ने केन्द्रीय समिति बैठकले एकताका लागि निर्णय गर्ने बताए ।

‘विचार मिल्ने वामपन्थी दलहरूसँग पार्टी एकता गर्ने सम्बन्धमा कसैको दुई मत रहेको छैन । तत्काल विप्लवजी र महिन्द्रजीको पार्टीसँग एकता हुन्छ । उनीहरूलाई अब धेरैबेर पर्खाउन हुँदैन । तिहारअघि बस्ने केन्द्रीय समिति बैठकले एकताबारे निर्णय गर्छ’, गजुरेलले भने ।

यता महासचिव देव गुरुङले पनि अब बस्ने केन्द्रीय समिति बैठकले एकताका लागि निर्णय गर्ने बताएका छन् । तिहारअघि उपयुक्त समयमा केन्द्रीय समितिको बैठक बस्ने र त्यसले पार्टी एकताका लागि आवश्यक एकता गर्ने जिकिर गरे ।

‘अब बस्ने केन्द्रीय समिति बैठकले पार्टी एकताका लागि निर्णय गर्छ । तत्काल विप्लवजी र महिन्द्रजीको पार्टीसँग एकता हुन्छ । विचार मिल्ने अन्य दलहरूसँग सहकार्य र एकताका लागि प्रक्रिया अगाडि बढ्छ’, रातोपाटीसँग गुरुङले भने ।

असोज १० गते अनेरास्ववियुको २३ औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छिट्टै पार्टी एकताको शुभ समाचार सुन्न पाउने घोषणा गरेका थिए ।

गत वैशाखमा कपिलबस्तुस्थित शिवगढीमा बसेको नेकपाको केन्द्रीय समिति बैठकले माओवादीसँग पार्टी एकता गर्ने निर्णय गरेको थियो । यस्तै गत चैत ३ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकबाट माओवादी र नेसपाको यादव समूहबिच पनि एकता गर्ने निर्णय भएको थियो ।

यसैबीच मंगलबारमात्रै नेकपाका महासचिव विप्लवले एकताका लागि आफूहरू माओवादीको संस्थागत निर्णय कुरेर बसेको बताएका छन् । माओवादीका उपमहासचिव जनार्दन शर्मासँग भेटवार्ता गरेपछि उत्साहित भएका उनले एकताका लागि माओवादीका शीर्ष नेताहरूसँग निरन्तर संवादमा रहेको जानकारी दिए ।

‘पार्टी एकताका लागि सकारात्मक पहल भइरहेको छ । माओवादीका शीर्ष नेताहरूसँग म निरन्तर संवादमै छु’, विप्लवले भने, ‘माओवादीका नेताहरूले केन्द्रीय समिति बैठकले आधिकारी निर्णय गर्ने बताएका छन् । केन्द्रीय समिति बैठकको निर्णय कुरेर बसिराखेका छौँ ।’

यद्यपि वैचारिक र सैद्धान्तिक विषयमा खासै मतभेद नभएपनि सांगठनिक अवस्थाबारे कुनै निष्कर्षमा नपुगेको विप्लवले बताए । कसरी अगाडि बढ्ने भन्ने विषयमा छिट्टै प्रचण्ड लगायत नेताहरूसँगछलफल हुने उनले बताए ।

यस्तै नेसपाका  सहअध्यक्ष गंगानारायण श्रेष्ठले आफूहरू माओवादीको आधिकारिक निर्णय कुरेर बसेको बताए ।

‘हामीले पहिल्यै माओवादीसँग एकता गर्ने निर्णय गरिसकेका छौँ । दुई पार्टीबिच ४ बुँदे सहमति पनि भइसकेको छ । माओवादीको आधिकारिक निर्णय कुरेर बसेका छौँ । सायद अब बस्ने केन्द्रीय समिति बैठकले निर्णय गर्ला’, श्रेष्ठले भने ।

माओवादीले यी दुई दलबाहेक क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेकपा बहुमत, नेकपा मशाल, एकीकृत समाजवादी लगायत दलहरूसँग एकताको पहल गरेपनि सफल भएको छैन । तथापि एकता, सहकार्य र मोर्चाबन्दीको पहल भने जारी राख्ने माओवादी नेताहरूले बताएका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर