Advertisement
ताजा खबर
२ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण

☰

प्रदेश २ मा १० प्रदेश सभा सदस्यले महन्थ ठाकुरको साथ छाडे

प्रतिक्षा खबर
२०७८ जेष्ठ २३, आईतवार २०:२१

रामगाेपालपुर, २३ जेठ । प्रदेश २ मा मुख्यमन्त्री लालबाबु राउतलाई हटाउने जनता समाजवादी पार्टीको महन्थ ठाकुर समूहको प्रयास सफल नहुने देखिएको छ । उल्टै ठाकुर समूहका १० प्रदेश सभा सांसदले उनको साथ छाडेका छन् ।जसपाको ठाकुर समूहमा २५ जना सांसद थिए । जसमध्ये १० जनाले गुट परिवर्तन गरी उपेन्द्र यादव समूहमा गएपछि १५ जनामात्र पक्षमा रहेका छन् ।प्रदेश २ मा जसपाका ५५ सांसद छन् । जसपा एकीकरणपूर्व उपेन्द्र यादव समूहका ३० जना र महन्थ ठाकुर समूहका २५ जना थिए । अहिले यादव समूहमा ४५ र ठाकुर समूहमा १५ जना मात्र छन् ।
मन्त्री रहेका नवलकिशोर साहलगायतले ठाकुर समूह छाडेका छन् । केपी शर्मा ओली नेतृत्वको सरकारमा जसपाको महन्थ ठाकुर समूह सहभागी भएपछि केन्द्रमा निकै ठूलो विवाद चलिरहेको छ । त्यसको असर प्रदेश २ को सत्तासमिकरणमा पर्ने देखिएको छ ।
ठाकुर समूहमा सांसदहरुको संख्या घट्दै गएपछि मनिष सुमनको मुख्यमन्त्री बन्ने प्रयास विफल भएको छ । बरु उनलाई मन्त्री पदबाट हटाउने तयारी भएको बुझिएको छ ।ठाकुर समूह प्रदेश २ मा कमजोर भएपछि केन्द्रको विवादको असर प्रदेशमा पर्न दिनुहुँदैन भन्दै महन्थ ठाकुरले आफूपक्षीय प्रदेशका नेताहरुलाई सक्रिय बनाएका छन् । तर, उपेन्द्र यादव ठाकुर समूहमाथि कडा बन्ने तयारीमा छन् । तर, प्रदेश २ मा उपेन्द्रको बाहुल्यता रहेकाले आगामी चुनावमा यसरी नै अगाडि बढेमा ठाकुरलाई ठूलो झट्का लाग्न सक्ने विश्लेषण भइरहेको छ ।समाजवादी पार्टी नेपाल फुट्न लाग्दा राष्ट्रिय जनता पार्टीसँग एकता भएको थियो । एकतापछि जसपा बनेकोमा महन्थ ठाकुर समूहलाई संगठनमा ठूलो धक्का लागेको छ । उनको समूहका अधिकांश नेताहरुले साथ छाडेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर