Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

रामगोपालपुरमा बिभिन्न पार्टी परित्यागगरी एक दर्जनभन्दा बढी जसपा नेपालमा प्रवेश

प्रतिक्षा खबर
२०८१ आश्विन २८, सोमबार २१:४४

गोपाल झा

रामगोपालपुर , असोज २८ गते

संगठन निर्माण अभियान“ नामक अभिमुखिकरण कार्यक्रम  भव्यताका साथ सम्पन्नसंगै लोसपा र नेपाली कांग्रेसबाट पार्टी परित्याग गरी दर्जन भन्दा बढी जनाले जनता समाजबादी नेपालमा प्रवेश छ ।

    महोतरीको रामगोपालपुर नगरपालिका वडा नम्बर ६ बिस्वम्भरपुरमा “जनतासँग जसपा नेपालः आधारभूत संगठन निर्माण अभियान” नामक अभिमुखिकरण कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । उक्त कार्यक्रम रामगोपालपुर ं६ मा आयोजना गरिएको थियो, जहाँ प्रमुख अतिथि डा सुरेन्द्र कुमार यादव र विशिष्ट अतिथि पूर्व आन्तरिक तथा कानुन राज्य मन्त्री एवम महोतरी क्षेत्र नम्बर ४ ख का सांसद सरोज सिंह कुशवाहा , जसपाका केन्द्रीय नेता, प्रदेश मातहतका नेता, जसपा निकट बर्गिय मन्चका केन्द्रीय नेताहरु,समाजबादि महिलाका नेत्री , जिल्लाका जसपा नेपालका निर्बाचित जनप्रतिनिधि प्रेस मन्च नेपालका पदाधिकारीहरु लगायतका नेता तथा कार्यकर्ताको बाक्लो उपस्तिथि रहेको थियो ।

जसपा नेपालका वडा अध्यक्ष नागेन्द्र महतोको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न वक्ताहरूले सम्बोधन गरे । सांसद कुशवाहाले  कार्यक्रममा भने, “हाम्रो अभियानको उद्देश्य स्थानीय तहमा सशक्त संगठन निर्माण गर्नु हो, जसले पार्टीको आधारलाई बलियो बनाउन र जनतासँगको सम्बन्धलाई प्रगाढ बनाउन मद्दत गर्नेछ ।”

       कार्यक्रमका प्रमुख अतिथि डा सुरेन्द्र कुमार यादवले यो भियान पार्टीको भविष्यका लागि महत्वपूणर् कदम रहेको बताउँदै जनतासँगको सीधा संलग्नता आवश्यक रहेको बताएका थिए । उहाँले “यस अभियानले जसपा नेपालको पहुँचलाई हरेक टोल र गाउँसम्म पुर्याउने काम गर्नेछ, जसले पार्टीलाई जनतासँग नजिकबाट काम गर्न सक्षम बनाउँछ । त्यस्तै ”सांसद कुशवाहा कार्यक्रामा सम्बोधन गर्दै स्थानीय स्तरमा पार्टीको प्रभावलाई बढावा दिन र कार्यकर्तालाई सक्रिय राख्नका लागि यो अभियान महत्वपूणर् रहेको बताउनुभयो । उहाँले जनतासँगको निकटता बढाएर मात्र पार्टीलाई बलियो बनाउने सुझाव दिनुभयो । कार्यक्रमको मुख्य उद्देश्य स्थानीय तहमा पार्टीको आधारभूत संरचना सुदृढ पार्नु हो । यसका लागि चार महिनाको अवधिमा “जनतासँग जसपा नेपाल” भन्ने नारासहित विभिन्न स्थानीय गतिविधिहरू आयोजना गरिनेछ ।

     कार्यक्रममा जसपा नेपालका केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी, र जिल्ला भरिका स्थानीयतहका निर्वाचित पदाधिकारीको भीडभाड रहेको थियो । संगै आयोजना गरिको कार्यक्रममा जसपा नेपालको उदेशयले प्रभावित हुँदै लोसपा नेपाल र नेपाली कांग्रेस पार्टी परित्याग गरि एक दर्जन भन्दा बढी नेता कार्यकर्ताहरु जसपा नेपालमा प्रवेश गरेका छन । लोसपा नेपालबाट लक्ष्यमण  राय,राम कृपाल राउत,दुखरण राउत सहीत नेपाली कांग्रेसबाट बौएलाल महतो,विन्देश्वर महतो लगायतका नब प्रबेसीहरुलाई माला अबिर लगाएर स्वागत गरीएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर