Advertisement
ताजा खबर
महोत्तरीमा राप्रपाका केन्द्रीय सदस्यसहित दुई नेता एमालेमा प्रवेश युवाको असन्तुष्टि सम्बोधन नगरे लोकतन्त्रको स्थायित्व संकटमा पर्छ : उपेन्द्र यादव सोनमा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भ्रष्टाचार मुद्दामा दोषी सोनमा–८ मा पुनः चर्चामा राजदेव यादव, स्थानीयस्तरमा राजनीतिक बहस सुरु जसपा नेपाल र लोसपा नेपालबीचको पार्टी समायोजनपछि महोत्तरी जिल्ला अध्यक्षमा रामनरेश यादव मनोनीत बलवामा एमालेको शुभकामना आदान–प्रदान तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न, हजारौँ कार्यकर्ताको सहभागिता जसपा नेपालको मधेश प्रदेश समिति पुर्ण बैठक सम्पन्न फेटा अस्पताल घटनामा प्रहरी दमनको जसपा नेपालद्वारा भर्त्सना, छानबिन र कारबाहीको माग सर्लाहीको भूमि प्रशासन कार्यालयमा अख्तियारको छापा, एक लाख रुपैयाँसहित नायब सुब्बा नियन्त्रणमा महोत्तरीमा प्रहरी बिटकै अगाडिबाट कुखुराको खुलेआम तस्करी, प्रहरी प्रशासनको भूमिकामाथि प्रश्न

☰

गाजामा हमासद्वारा बन्धक बनाइएका २१ जना मात्रै जीवित रहेको छ : ट्रम्प

प्रतिक्षा खबर
२०८२ बैशाख २४, बुधबार १४:५५

एजेन्सी, वैशाख २४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार गाजामा हमासले पक्रिएका तीन बन्धकको मृत्यु भएको र २१ जना मात्रै जीवित रहेको विश्वास गरिएको बताउनुभएको छ ।

“आजको मितिसम्म २१ जना छन्, तीन जनाको मृत्यु भएको छ”, हालसम्म २४ जना जीवित रहेको विश्वास गरिएको उल्लेख गर्दै ट्रम्पले हमासले लिएका बन्धकहरूको बारेमा भन्नुभयो । उहाँले अब मृत भएको विश्वास गरिएकाहरूको पहिचान वा उनीहरूको मृत्युको बारेमा कसरी थाहा पाउनुभयो भन्ने बारे थप विवरण दिनुभएन । “त्यहाँ २१ जना छन् र धेरै मृत शरीर पनि”, उहाँले भन्नुभयो ।

एक अमेरिकी एडन अलेक्जान्डर जीवित रहेको विश्वास गरिएका २४ बन्धक मध्ये एक थिए । हमासले सन् २०२३ को अक्टोबर ७ मा इजरायलमाथि आक्रमण गरेपछि अन्य केही अमेरिकीका शव पनि हमासको कब्जामा रहेका छन् । बन्धकहरूलाई पुनः प्राप्त गर्न र हमासलाई नष्ट गर्ने आफ्नो युद्ध लक्ष्यहरू पूरा गर्ने प्रयासमा इजरायलले गाजा पट्टी कब्जा गर्ने र प्यालेस्टिनी क्षेत्रमा अनिर्दिष्ट समयका लागि बस्ने योजनालाई सोमबार अनुमोदन गरेपछि राष्ट्रपति ट्रम्पको टिप्पणी आएको हो ।

यदि कार्यान्वयन गरियो भने यस कदमले त्यहाँ इजरायलको अपरेसनहरू व्यापक रूपमा विस्तार गर्नेछ र सम्भवतः कडा अन्तर्राष्ट्रिय विरोधलाई आकर्षित गर्नेछ । अमेरिकी दूतावासले सोमबार १७ जना अमेरिकी नागरिक र कानूनी स्थायी बासिन्दाहरूलाई गाजा छोड्न मद्दत गरेको अमेरिकी विदेश मन्त्रालयले मङ्गलबार जनाएको छ । “हामी इजरायली र जोर्डन सरकारहरूका हाम्रा साझेदारहरूलाई धन्यवाद दिन्छौँ जसले यो प्रस्थान सम्भव बनाए,“ मन्त्रालयले भनेको छ ।

विदेशमन्त्री मार्को रुबियोले सोमबार वासिङ्टनमा जोर्डनका राजा अब्दुल्लाह द्वितीयसँग भेट गर्नुभयो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर